आइतबार, आश्विन १८ गते २०८३

बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने


बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय,  कामकाजी भाषा ऐन   कार्यान्वयन गर्ने

 बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले हिजो बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो ।

यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ ।

बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिती” गठन गरी बसन्तपुर डबलीमा उक्त घोषणा समारोह कार्यक्रम सम्पन्न गर्न लागेको छ भनी नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्यले  बताए ।

यसै गरी उक्त कार्यक्रमको लागि मुल आयोजक समारोह समिती, सचिवालय लगायत विभिन्न समिति, उपसमिती गठन गरेर कार्यसम्पादन गर्ने तयारी गरी रहेकोले सोही अनुसार अघि बढी रहेको समेत अध्यक्ष बज्राचार्यले  बताए ।यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिती बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिती उपसमितीहरु गठन गर्ने तयारी रहेको समेत  उनले बताए । 
  यसरी बैशाख २४ गते सोमबार विहान ७ बजेबाट ¥याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई ¥यालीमा सहभागी हुनको लागि विहानको ६ः३० बजे आ–आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिती हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले  जानकारी दिए । यसबारेमा विस्तृत विवरण मुल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने   उनको भनाई छ । यसरी हुन गईरहेको ऐतिहासिक “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा कार्यक्रम” को महत्व विशेष हुने भएकोले सम्वन्धीत सम्पूर्ण महानुभाव, संघ–संस्था प्रतिनिधीहरुले आ–आफ्नो ठाउँबाट व्यापक प्रचार प्रसार सहभागी हुन पनी उपाध्यक्ष स्थापितले आग्रह  गरेका छन् ।