शुक्रबार, कार्तिक ७ गते २०८३

श्री मनकामना सहकारीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


बैशाख ११, २०८१ मंगलबार
श्री मनकामना सहकारीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 काभ्रेपलाञ्चोक  जिल्लाको  बनेपामा मुख्य कार्यालय  रहेको  श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालय शैक्षिक कार्यक्रम २०८१ अन्तरगत बनेपा नगरपालिका वडा नं २ घिमिरेगाउँमा रहेको  श्री श्वेत बराह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुमा शिक्षाप्रतिकोे रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्दै विद्यालय शिक्षा कार्यक्रम सम्पन्न  गरेको  संस्थाले जनाएको छ ।  कार्यक्रममा  संस्थाका प्रमुख कार्यकारी अधिकृत   राजकुमार दाहालले  विद्यार्थी र  अभिभावकहरूलाई मनकामना सहकारी संस्थाका बारे जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको समेत उपस्थिति रहेको थियो । संस्थाले समुदाय र सदस्य केन्द्रीत भएर आफ्नो गतिविधिहरु गर्दै आएको छ ।

439086569_757964349806337_6718631732074882109_n.jpg

संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार २५ करोड ५२ लाख ९७ हजार शेयर पुँजी,११ करोड ६ लाख ६९ हजार जगेडा कोष,१२ करोड २८ लाख १३ हजार कुल संस्थागत पुँजी र २ करोड २७ लाख ३८ हजार अन्य कोषहरु रहेको छ । त्यसैगरी १ अर्ब ७७ करोड ८२ लाख बचत सकलन गरेको संस्थाले त्यस अवधिमा १ अर्ब ८० करोड ५६ लाख ऋण लगानी गरेको छ । ९ हजार १४४ जना शेयर सदस्य रहेको संस्थामा २०.०८ प्रतिशत अर्थात ३५ करोड ७२ लाख १८ हजार तरलता रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब २४ करोड ७६ लाख ९५ हजार  पुगेको छ । २ हजार २९५ सदस्यले  संस्थाबाट ऋण उपभोग गरेका छन् ।