आइतबार, आश्विन १८ गते २०८३

आज अन्तरीक्षमा यूरी गागरिन पुगेको ऐतिहासिक दिन


चैत्र ३०, २०८० शुक्रबार
आज अन्तरीक्षमा यूरी गागरिन पुगेको ऐतिहासिक दिन

यूरी अलेक्सिएभिच गागरीन अर्थात यूरी गागरिन (९ मार्च १९३४ – २७ मार्च १९६८) बिश्वका पहिलो मानब अन्तरीक्ष यात्री बने । उनी १२ अप्रिल  १९६१ का दिन  अन्तरीक्षमा पुगे । उनको त्यो सफल अन्तरीक्ष यात्राले उनी बिश्व प्रसिध्द ब्यक्तित्व बने । उनी सोभियत वायु सेनाका पाइलट थिए । उनी चढेकाे अन्तरीक्ष यान भोस्टोक – १ ले आजकै दिन १२ अप्रिलमा  पृथ्वीको कक्ष बाहिर एक चक्कर लगाएका थियो । क्याप्सुल जस्तो त्याे अन्तरीक्ष यान पृथ्वीको गुरुत्वाकर्षणबाट अलग्गिन प्रति सेकेण्ड ८ किलो मिटरको हिसबले उड्नु पर्दथ्यो । त्यसै गतिमा अन्तरीक्षमा उड्यो । त्यतिबेला उनले अन्तरिक्षबाट हामी बसेको यो ग्रह अर्थात पृथी अत्यन्तै सुन्दर देखिन्छ भनेका थिए ।

Uri Gagrin.jpg

 गागरिनको यो सफलताले उनी समाजबादी सोभियत संघको हिरो अर्थात महानायक बनेका थिए ।यसरी उनले समाजबादी सोभियत संघको बिश्वमा उच्च सम्मान बढाएको थियो । त्यसैले बिश्वका धेरै देशहरूले ती प्रथम सफल अन्तरीक्ष  यात्रीका बिश्वभर अनेक प्रतिमा र स्मारकहरु स्थापित गरेका छन् । 

Family.jpg ती बिश्व चर्चित प्रथम अन्तरीक्ष यात्रीको १९६८ मा बायु सेनाको एक तालिमका बेला भएको बायुयान दुर्घटनामा दुःखद देहाबसान भयो ।ती सफल प्रथम अन्तरीक्ष यात्रीलाई सोभियत सरकारले तिम्रो जीवनको इच्छा के भनेर त्यो सफलतापछि प्रश्न गर्दा उनले आफु सोभियत कम्युनिष्ट पार्टीको सदस्य बन्न चाहेको उत्तर दिएका थिए । त्यतिबेला कम्युनिष्ट पार्टीको सदस्य बन्नु कति मूल्यबान सम्मानको कुरा रहेछ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।उनको त्यो सफलतापछि एक अमेरिकी अन्तरीक्ष यात्री पनि त्यो यात्राको १९दिन पछि अन्तरीक्षमा पुगेका थिए । तर उनको यूरी गागरिनको जस्तो चर्चा भने भएन ।