भरतपुर, चितवन । भरतपुर महानगरपालिकाले आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम दिएको छ । महानगरको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले महानगर क्षेत्रभित्र रहेका ३५ वटा सहकारी संस्थाका प्रतिनिधिलाइ कोपोमिस सफ्टवेयर तालिम दिएको हो ।
शाखाका वरिष्ठ अधिकृत जीवलाल कुँवरको प्रमुख आथित्यमा सञ्चालित कार्यक्रममा शाखा अधिकृत रोजी केसीले कार्यक्रममको औचित्यबारे प्रष्ट पार्दै भरतपुर महानगरपालिकामा रहेका सम्पूर्ण सहकारीलाई अब एउटै प्रविधिमा राख्ने र सहकारीका हरेक गतिविधि अब कोपोमिस सफ्टवेयरमार्फत् लिन लागेको बताइन् । 'कुनै पनि सुचनाहरू लिन यसले ठूलो भूमिका खेल्नेछ र महानगरका हरेक सहकारीको सूचना र सहकारीको गतिविधि जान्न यो सफ्टवेयरबाट लाभदायी छ,' केसीले भनिन् – 'यसमार्फत हरेक सहकारीको निगरानी राख्ने र कमजोर सहकारीलाई माथि उठाउन प्रयत्न समेत गरिनेछ ।'
महानगर सहकारी शाखा वरिष्ठ सहायक सावित्री पौडेल चालिसेले तालिमको संयोजन गरेकी थिइन् । केन्द्रीय प्रशिक्षण विभागका प्रशिक्षक सन्दिप पौडेलले तालिमको सहजिकरण गरेका थिए । औपचारिक उद्घाटन सत्रमा भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण सहकारीलाई प्रविधि मैत्री बनाउन र अहिलेको विषम परिस्थितिमा सहकारीमा कुनै पनि विचलन आउन नदिन महानगरको सहकारी विभागले ठूलो भुमिका खेलेको वरिष्ठ सहायक चालिसेले बताइन् । उद्घाटन सत्रलाई सुकदेव ढकालले सञ्चालन गरेका थिए भने तालिम दुइ दिनसम्म सञ्चालन भएको थियो ।