अप्रिल ४ तारिख, संयुक्त राज्य अमेरिका अश्वेत नेता मार्टिन लुथरकिङ् जुनियर (१९२९–१९६८) को हत्या भएको स्मृति दिवस हो । महात्मा गान्धीको प्रेरणाबाट अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनका सिलसिलामा १९५४ देखि उनी अमेरिकाको अघोषित रंगभेदका बिरूद्ध अफ्रिकी अमेरिकीहरूको समान अधिकार र सम्मानका लागि अभियान चलाउँदै आएका थिए । नागरिक अधिकारको आन्दोलनका सन्दर्भमा यति प्रभावशाली व्यक्तित्व अमेरिकामा आजसम्म कोही देखिएन ।
हुन त अमेरिकामा परिवर्तनकारी अश्वेत अभियन्ता वा नेताहरू अरू पनि धेरै नभएका होइनन्। अफ्रिकी-अमेरिकी जनतालाई शिक्षाको अवसर दिलाउने अभियानका बुकर टी. वाशिंगटन, सार्वजनिक यातायातमा गोरा जातिको लागि विशेष छुट्याएको सिटहरूमा खाली रहे पनि अश्वेतले बस्न नपाउने रंगभेदी व्यवहार बिरुद्धको आन्दोलनमा रोजा पार्क, कालाहरूलाई मताधिकारको उच्चतम उपयोग गराउन लगाउने अभियानका बराक ओबामा, १९८४ का राष्ट्रपति उम्मेदवार, मानवअधिकारवादी अभियन्ता जेसी ज्याक्सन...।
उनी क्रिस्टियन बाप्टिस्ट थिए, चर्चबाट बक्तृत्व कलाको विकास गरे । यही आन्दोलन र अभियानको सिलसिलामा हिँड्दा जेम्स् अर्ल् रे नामक डकैती, हत्या, जेलबाट फरार लगायतका अपराधमा संलग्न भएको ४१ वर्षे युवाले मेम्फिस (टेनिसी) मा सो दिन हत्या गर्यो। उसलाई एक सय वर्षको जेल सजाय सुनाइयो । २९ वर्ष सजाय काट्दै गर्दा ७० वर्षको उमेरमा जेलमै उसको कलेजोको बिमारबाट मृत्यु भयो ।

जेम्स अर्ले
मार्टिन लुथरकिङ् आफ्ना भाषणबाट विश्व प्रसिद्ध भए। ती मध्ये १९६३ मा राजधानी वाशिङ्टनको र्यालीमा दिएको भाषणमा उनको यो वाणी आजसम्म “मेरो सपना भाषण” भनेर चर्चित छ :
"मैले त्यस्तो देश (अमेरिका) को एउटा सपना देखेको छु जहाँ मेरा चार जना बच्चाहरूलाई छालाको रङ्गका आधारमा होइन कि उनीहरूको चरित्र र संस्कारका आधारमा मूल्याङ्कन गरिने छ ।"
("I have a dream that my four little children will one day live in a nation where they will not be judged by the color of their skin but by the content of their character." : Speech of 28 Aug.1963)
साभार - गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम