* सीताराम थापा
बागलुङ जिल्लामा अमर आदर्श बिधालयले शिक्षक र अभिभावकलाई छुट्टा छुट्टै सकारात्मक सोचको बिकास गर्ने उधेश्यले उत्प्ररणा कार्यक्रम आयाेजना भयाे।
अमर आदर्श आबासीय माबिले एक दिवसिय उत्प्रेरणा सम्बन्धी गाेष्ठि तथा प्रवचन डा. ताराजिकाे प्रमुख प्रशिक्षणमा सम्पन्न गरेको छ ।बिद्यालयका शिक्षक र अभिभावकहरु लाई जवाफदेहि अनुशागित र जिम्मेवारी बाेध गराउने लक्षले उक्त कार्यक्रमकाे आयोजना गरिएको बिद्यालयले जनाएको छ ।
पछिल्लो समय अधिकांस मानिब जगतमा आफ्नो जिम्मेवारीबारे बोध नभै जवाफदेहिता र उतरदनयित्व पूरा नहुने नकारात्मक धारणा मात्रै बिकास हुने जस्ता कारणले बालबालिकाकाे शिक्षामा समेत असर पर्ने गरेकोले यस्तो तालिम आयोजना गरिएको बिद्यालयका सह- प्राचार्य कमल पन्तले बताए ।

साथै बिधालयकाे बालवालिका लाई सकारत्मक उर्जा दिन अभिभावक र शिक्षक बिचकाे दायित्व र सकरात्मक भूमिका अभिबृद्वि गर्नु महत्वपुर्ण हुने बिधालय ब्यवस्थापनले बाेध गरेकाे बताए।
तालिमकाे मुल सहजिकरण डा. तारा जीले अभिभावक र शिक्षक लाई प्रवचन गरेका थिए । उनको प्रस्तुतीमा अभिभावकहरु र शिक्षककाे बिशेष अभिरुची राखेका थिए । उत्प्रेरणामुलक कार्यमा डा. ताराको उपस्थितीलाई धेरैले उत्कृष्ट मान्ने गरेका जानिफकारहरु बताउछन् ।

प्रवचनकर्ता डा. ताराजिले बालवालिकाकाे शिक्षा र भबिष्य नै अभिभावक र शिक्षककाे भूमिकामा निर्भर हुने लगायत प्रवचनमा सकरात्मक जवाफदेहिताकाे सन्देस प्रवाह गरेका थिय। सहभागि अभिभावक र शिक्षकले एकदिने कार्यक्रमबाट एक चरणकाे उपलब्धी मिलेको बताए ।प्रवचनले सहभागिहरु लाई भावुक बनाई आँखा रसाउने अवस्था समेत सृजना गरेकाे थियाे।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख युक्तप्रसाद शर्माले अभिभावकलाई दिइएको कार्यक्रमले शिक्षक अभिभावक बिच जिम्मेवारी मात्र नभइ काम गर्ने क्षमतामा उत्प्रेरणा मिल्ने हुदा यस्ता कार्यक्रम बढाउनु पर्ने बिचार ब्यक्त गरे।

बिद्यालय व्यवस्थापन समितिका संस्थापक एवं अध्यक्ष बिजयराज पन्तको अध्यक्षता, शिक्षक अनुस्का खत्रीको संचालन र प्रधानाध्यापक हेमन्त थापाको स्वागतमा सम्पन्न कार्यक्रममा ४ सय अभिभावक एवं बिधालय ब्यवस्थापन र शिक्षकाे सहभागिता रहेकाे थियाे। शिक्षक अभिभावकहरुले यस्ताे कार्यक्रम तथा अन्तरक्रिया नियमित भयमा बिधालयकाे गुणस्तरिय शिक्षा र भबिष्यका कर्णधार मानिने बालवालिका प्रति उतरदायित्व अभिबृद्वि हुने बिचारहरु ब्यक्त गरेका थिए।
* थापा विशेष संबाददाता एवं लेखक हुन
सीताराम थापा