आइतबार, आश्विन १८ गते २०८३

साझा सेवा सहकारीद्वारा सञ्चालित पेट्रोल पम्पले अब चौबीसैं घण्टा पेट्रोलियम पदार्थ  विक्री गर्ने


चैत्र २१, २०८० बुधबार
साझा सेवा सहकारीद्वारा सञ्चालित   पेट्रोल पम्पले अब  चौबीसैं घण्टा पेट्रोलियम पदार्थ  विक्री गर्ने

साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पले आजदेखि चौबीसैं घण्टा पेट्रोलियम पदार्थ  विक्री गर्ने भएको छ ।  एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले २४ सैं घण्टा पेट्रोल वितरणको शुभारम्भ गरेका  हुुन् । ।  एक सवारी साधनमा  तेल हालेर उनले सेवाको शुभारम्भ गरेका छन् । 

कार्यक्रममा मन्त्री भण्डारीले ‍ साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोडि दिए । उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने सुरुवात गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ ।

 नेपाल प्रहरीले यस अघि  नै  २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।