बुधबार, भाद्र ३ गते २०८३

भूमि बैंककाे स्थापना लगायत कृषि र किसानमारा सरकारी नीतिकाे चार किसान संगठनद्वारा घाेर बिराेध

चैत्र ९, २०८० शुक्रबार
भूमि बैंककाे स्थापना लगायत कृषि र किसानमारा सरकारी नीतिकाे चार किसान संगठनद्वारा घाेर बिराेध

बर्तमान गठबन्धन सरकारले भूमि बैंक जस्तो नेपाली कृषि र किसानलाई बाह्य शक्ति र दलाल पूँजीवाति बर्गको फन्दामा परेर उनीहरुको उठिबास गराउने षडयनत्र, राष्ट्रिय अर्थतन्त्रको सबाल, मिटर ब्याजे शोषण, लघुबित्त शोषण, सहकारीको ठगी, दुग्ध्य किसान र उखु किसानका बक्यौता लगायत राष्ट्रिय समस्याका सन्दर्भमा सरकारको किसान बिरोधी राष्ट्र बिरोधी गतिबिधिको बिरोध गर्दैै एक संयुक्त बक्त्यब प्रकाशित गरेका छन् ।

चिजो २०८० चैत्र ८ गते प्रकाशित बक्तब्यमा अखिल नेपाल किसान महासंघ .(अप्फा,)अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी(, अखिल नेपल किसान यूनियन र अखिल नेपाल प्रगतशील किसान संघका नेताहरु क्रमशः भैरबराज रेग्मी, सीताराम तामाङ्ग, रामदुलार महतो र दुर्गा प्रसाद जैसीले हस्ताक्षर गरेकाछन् । 

Chait8kisan4 copy.jpg