पाँचखालको काभ्रेमा रहेको आर्थिक विकास मित्र साकोसको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सरोज सापकोटाको सभाध्यक्षतामा सप्पन्न कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला सहकारी संघ काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्मा रहेका थिए । त्यसैगरी विशेष अतिथिमा पाँचखाल नगरपालिकाका सहकारी विभाग प्रमुख पुष्कर ढकाल तथा अतिथिहरुमा काभ्रेपलाञ्चोक जिल्ला बचत संघका संचालक सदस्य सत्यवती भट्टराई, सिएमसी काभ्रेका अध्यक्ष विवेकराज ठकुरी, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार दामोदर अधिकारी, नगर सहकारी सन्जालका सचिव रामप्रसाद कोइराला लगायतले संस्थाको प्रशंशासहित कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाका सचिव नारायण प्रसाद ढुंगानाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष राजन कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण संयोजक प्रभुराम कोइरालाले प्रस्तुत गरेको लेखा प्रतिवेदन उपर छलफल सहित पारित गरिएको थियो ।
लेखा संयोजक प्रभुराम कोइरालाले आफ्नो पदबाट दिएको राजिनामा सभाले स्वीकृत गर्दै बाँकी कार्यकालका लागि लेखा सुपरिवेक्षण संयोजकमा बद्रीप्रसाद आचार्यलाई जिम्मेवारी प्रदान गरेको छ ।

