शुक्रबार, कार्तिक ७ गते २०८३

पृथ्वीले सूर्यलाई घुम्छ भनी गणीतीय व्याख्या गर्ने वैज्ञानिक कोपर्निकस

चैत्र ७, २०८० बुधबार
पृथ्वीले सूर्यलाई घुम्छ भनी गणीतीय व्याख्या गर्ने वैज्ञानिक कोपर्निकस
हर्कबहादुर प्रधान

पहिले पहिले मानिसहरु घामले नै पृथ्वीलाई घुम्छ भनी सोच्ने गर्थे । उनीहरुको पक्कापक्की विश्वास यसैमा थियो । हिन्दू वेद र पुराणले त सूर्य भनेको भगवान् हुन्, उनी रथमा चढेर संसार हेर्दै आकाशमा यात्रा गर्छन् भनेका छन् । त्रिश्चियन धर्मले पनि सूर्यले नै पृथ्वीलाई घुम्छ भनेको छ ।

हिन्दू वेद र पुराणले त सूर्य भनेको भगवान् हुन्, उनी रथमा चढेर संसार हेर्दै आकाशमा यात्रा गर्छन् भनेका छन् । त्रिश्चियन धर्मले पनि सूर्यले नै पृथ्वीलाई घुम्छ भनेको छ ।

पोल्याण्डमा जन्मेका वैज्ञानिक निकोलस कोपर्निकसलाई भने यो कुराले चित्त बुझेन । उनले वैज्ञानिक तथ्य र तर्कहरुका आधारमा यो मान्यतालाई गलत बताए । उनले गणीतीय व्याख्याहरु गरेर साबित गरिदिए– सूर्य केन्द्रमा छ र त्यसलाई पृथ्वीले घुम्ने गर्छ । साथै, सूर्यलाई पृथ्वीले मात्रै हैन, अरु ग्रहहरुले पनि घुम्ने गर्छन् ।

कोपर्निकसको जन्म फेब्रुअरी १९, १४७३ का दिन पोल्याण्डको टोरुनमा भएको थियो । तामाको व्यापार गर्ने र राजनीति गर्ने उनको परिवार खानलाउन पुग्ने सम्पन्न परिवार थियो । त्यसैले उनको पढाइ त्यसबेलाका राम्रा स्कूलहरुमा भएको थियो । उनले उच्च अध्ययन पोल्याण्डको कारकाउ विश्वविद्यालयबाट गरेका थिए । उनले त्यहाँ हिसाब र अप्टिक्स (Optics) सम्बन्धी अध्ययन गरका थिए । त्यसबाहेक, उनले औषधिविज्ञान र कानूनको पनि अध्ययन गरेका थिए । उनका काका उनलाई चर्चका धर्माधिकारी बनाउन चाहन्थे र र धर्मसम्बन्धी अध्ययन गर्नको लागि उनलाई  इटाली पठाएका थिए । पढाइकै सिलसिलामा उनी खगोलशास्त्रतर्फ पनि आकर्षित भएका थिए ।

खगोलशास्त्रमा रुचि राख्ने कोपर्निकस विभिन्न प्रयोगहरु गरिरहन्थे । त्यसैक्रममा उनले हाम्रो सौर्यमण्डलबारे आफूले पढेको र मान्दै आएको तथ्यभन्दा नितान्त भिन्न तथ्य पत्ता लगाए ।  उनले पृथ्वी कसरी घुम्छ भन्नेबारे नयाँ सिद्धान्त पत्ता लगाएका थिए ।

Helocintric revolution.jpg

स्कूल, विश्वविद्यालयहरुमा पढ्दा कोपर्निकसले अन्तरिक्षमा भएका सबै आकाशीय पिण्डहरुको केन्द्र पृथ्वी नै हो भनी पढेका थिए । उनलाई सूर्य लगायत अन्य ग्रहहरुले पृथ्वीको परिक्रमा गर्ने गर्छ भनी सिकाइएको थियो ।

कोपर्निकस १० वर्षको उमेर छँदा उनको पिताको निधन भएको थियो । उनको लालनपालन काकाले गरेका थिए । त्यसैले सन् १५०३ मा उनी आफ्ना काकासँग काम गर्नका लागि भनेर पोल्याण्डको फ्राउनबर्ग फर्के । त्यहाँ नै उनले आफ्नो बाँकी जीवन बिताएका थिए । खगोलशास्त्रमा रुचि राख्ने कोपर्निकस विभिन्न प्रयोगहरु गरिरहन्थे । त्यसैक्रममा उनले हाम्रो सौर्यमण्डलबारे आफूले पढेको र मान्दै आएको तथ्यभन्दा नितान्त भिन्न तथ्य पत्ता लगाए ।  उनले पृथ्वी कसरी घुम्छ भन्नेबारे नयाँ सिद्धान्त पत्ता लगाएका थिए ।

कोपर्निकसले गणितको माध्यमबाट पत्ता लगाए– पृथ्वीले एक दिनमा आफ्नै धुरीमा एक चक्कर लगाउँछ र त्यसरी चक्कर लगाउँदै यसले सूर्यलाई पनि एउटा निश्चित बाटो भएर एक वर्षमा परिक्रमा गर्छ । यस आधारमा उनले निधो गरे– पृथ्वी आफ्नो अक्षमा घुम्ने गर्छ । त्यही कारणले गर्दा नै सूर्य, ताराहरु र अरु ग्रहहरुले पृथ्वीलाई परिक्रमा गरिरहेको जस्तो हामीलाई महसुस हुन्छ ।

उनको किताबले त्यसबेला ठूलो हल्लीखल्ली मच्चियो । चर्चको ठूलो मान, सम्मान र दवाब रहेको बेला त्यसले बाइबल र चर्चको, अनि त्यसबेला सबैले स्वीकारेका टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तको खण्डन गरेका थिए ।

सन् १५३० मा आएर उनले यही सिद्धान्तबारे एउटा किताब लेखे । उनले लेखेको किताबको नाम De Revolutionibus (On the Revolutions of the Celestial Spheres)  थियो । यो किताब सन् १५४३ मा प्रकाशित भयो । (त्यही साल नै उनको  निधन भएको थियो ।)

उनको किताबले त्यसबेला ठूलो हल्लीखल्ली मच्चियो । चर्चको ठूलो मान, सम्मान र दवाब रहेको बेला त्यसले बाइबल र चर्चको, अनि त्यसबेला सबैले स्वीकारेका टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तको खण्डन गरेका थिए । इशाको दोस्रो शताब्दीताका इटालीमा जन्मेका गणितीज्ञ एवं खगोलविद् टोलेमीले ‘पृथ्वी केन्द्र हो, यो स्थीर छ र अरु सबै आकाशीय पिण्डले यसलाई परिक्रमा गर्छन्, त्यसै गरी ब्रम्हाण्डको आकार सीमित छ’ भन्ने मान्यता अगाडि सारेका थिए । उनी दार्शनिक प्लेटोका विचारका अनुयायी थिए । तर कोपर्निकसको सूर्य केन्द्रीत सिद्धान्तले टोलेमीको पृथ्वी केन्द्रीत सिद्धान्तमाथि प्रहार गरेको थियो । चर्च र टोलेमीको मान्यता मिल्थ्यो । त्यसैले चर्चले कोपरनिकसलाई धर्मविरोधी घोषणा गर्‍यो । त्यसबेलाका धेरै खगोलशास्त्रीहरुले पनि उनको विचारलाई गलत र अमान्य घोषणा गरे ।

इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे ।

तत्कालै कोपर्निकसको विचारले समाजमा मान्यता पाउन सकेन । तर त्यसले त्यसबेलाको समाज र वैज्ञानिकहरु माझ उथुलपुथुल ल्यायो । उनको विचारलाई नमान्ने ठूलै जमात् थियो भने उनको विचार सही हो भनी मान्नेहरु पनि निक्लँदै थिए । यसैक्रममा इटालीका दुई महान् वैज्ञानिकहरु ग्यालिलियो र ब्रुनोले पनि पछि आएर विभिन्न अध्ययन एवं प्रयोगहरुबाट कोपर्निकसकै सिद्धान्त सही रहेको कुरा पुष्टि गरे । वैज्ञानिक ब्रुनोले त कोपर्निकसको विचारलाई अझ परिमार्जन गर्दै “ब्रम्हाण्डको सीमा नै छैन र ब्रम्हाण्डमा हाम्रा जस्ता सौर्यमण्डल अरु पनि थुप्रै छन्” भन्ने त्यसबेलाका नयाँ सिद्धान्तको पनि प्रतिपदान गरेका थिए । यसरी धर्मशास्त्रको मान्यतालाई ठाडै उल्टाउने विचार व्यक्त गर्ने ब्रुनोलाई त झन् राक्षस घोषणा गर्दै चर्चको आदेशमा सन् १६०० मा जिउँदै जलाइएको थियो ।

धर्मशास्त्रको मान्यतालाई ठाडै उल्टाउने विचार व्यक्त गर्ने ब्रुनोलाई त झन् राक्षस घोषणा गर्दै चर्चको आदेशमा सन् १६०० मा जिउँदै जलाइएको थियो ।

कोपर्निकसको सिद्धान्तलाई समर्थन र विस्तार गरेवापत ग्यालिलियोले पनि ठूलै सास्ती र अपमान भोग्नुपरेको थियो । ज्यान जोगाउनको लागि उनले सन् १६३३ मा चर्चको अदालतमा आफूले गलत सिद्धान्तको प्रतिपादन एवं पक्षपोषण गरेको, पृथ्वी नै केन्द्र रहेको भनी घुँडा टेकेर माफी माग्नुपर्यो । तर पनि उनले मुक्ति पाएनन् । उनलाई आजीवन कैद गरियो ।

Copernicus2.jpg

धर्मान्धता र गलत विचार सधैं टिक्न सक्दैन । सत्य कुरा सही साबित भएरै छाड्छ । विज्ञान र प्रविधिमा भएका विकासहरुले पछि आएर कोपर्निकस, ब्रुनो, ग्यालिलियोका सिद्धान्तहरु नै सही रहेको साबित गरेरै छाड्यो । त्यसलाई अहिले सबैले सही हो भनी स्वीकारेका छन् । त्यसबेला वैज्ञानिकहरुको हत्या गर्ने, अपमान गर्ने र कैद गर्ने चर्च पनि त्यो सिद्धान्तलाई सही मान्न बाध्य भइसकेको छ ।

धर्मान्धता र गलत विचार सधैं टिक्न सक्दैन । सत्य कुरा सही साबित भएरै छाड्छ । विज्ञान र प्रविधिमा भएका विकासहरुले पछि आएर कोपर्निकस, ब्रुनो, ग्यालिलियोका सिद्धान्तहरु नै सही रहेको साबित गरेरै छाड्यो ।

यसरी आजभन्दा ४, ५ सय वर्षअगाडि यस्ता महान् सिद्धान्तको प्रतिपादन गर्ने कोपर्निकसलाई आधुनिक खगोलशास्त्रका पिता भनेर विज्ञान जगत्मा सम्मान गरिने गरिन्छ । उनको सम्मानमा विभिन्न देशहरुले हुलाक टिकट पनि जारी गरेका छन् । 

सन्दर्भ सामग्रीहरुः blupete.com, groups.dcs.stand.ac.uk, MS Encarta, Encyclopedia Britannica

Title Image: https://universemagazine.com

साभार : दायित्वबाेध चैत ६, २०८० मंगलबार १४:२२ बाट