शुक्रबार, कार्तिक ७ गते २०८३

हे अग्नि समान तेजस्वी विद्वतजन ! प्रकाशदायी ... सूर्यको स्तुति गर्दै हामी : ऋग्वेद

चैत्र ६, २०८० मंगलबार
हे अग्नि समान तेजस्वी विद्वतजन ! प्रकाशदायी ... सूर्यको स्तुति गर्दै हामी : ऋग्वेद
वेदलाई धर्महरूको हिमालय मानिन्छ, जसका द्रष्टा महर्षिहरू हुन् । ऋग्वेद अन्य तीन वेदको आधार हो । यसको रचना ई.पू. १५०० देखि १००० मा भएको र अक्षर माध्यममा प्रकाशित हुनुभन्दा अघि कण्ठस्थ बनाएर अरुलाई वाणी माध्यम सुनाउने गरिन्थ्यो भनिन्छ। वैदिक ऋषिहरूमा अतिउच्च सम्मान र अद्भुत मिहिनेत–शक्ति भएका, सप्तर्षिभित्रका एक, महर्षि भरद्वाजलाई ऋग्वेदको छैटौं मण्डलका द्रष्टाको रुपमा ससम्मान उल्लेख गरिएको छ । दिईएको वाणी छैटौं मण्डलको १९ औं सूक्त हो ।
 
महर्षि भरद्वाज परोपकारी, उदारका साथै रसिक पनि रहेछन् । महाभारतमा, द्रोणाचार्यको जन्मबारे रोचक कथा छ । वैदिककाल (संस्कृत) मा दुनो वा बोहोता वा रक्सी वा पानी राख्ने काठको भाँडालाई ‘द्रोण’ भनिन्छ। महर्षि द्रोणाचार्य भरद्वाजको वीर्यले जन्मेका ‘बतासे’ पुत्र हुन् । गङ्गाको तीरमा नित्यकर्म गरिरहेका बेला घृताची नामक अप्सराले अल्पवस्त्रमा गङ्गामा नुहाइन् । त्यो देखेपछि भरद्वाज उत्तेजित भए । संयमी त भए तर वीर्यपात भईहाल्यो । ऋषिले खसेको वीर्यलाई ‘द्रोण’ नामक कलशमा हाले । सो वीर्यले गर्दा द्रोणबाट जन्मेकोले बालकको नाम ‘द्रोण’ रह्यो । वेदवेदाङ्गादि चौध विद्याका ज्ञाता यी भरद्वाजपुत्र द्रोणाचार्य नामले प्रसिद्ध भए ।
 
एक हजार सूक्तहरू भएको सम्पूर्ण ऋग्वेदलाई दस मण्डलमा छुट्याईएको छ । प्रत्येक मण्डलका मन्त्रहरूका छुट्टाछुट्टै ऋषि छन् । महर्र्षि भरद्वाजले ऋग्वेदमा ७६५ मन्त्र र आयुर्वेदमा २३ मन्त्रहरू प्रतिपादन गरेको पाइन्छ । पिता बृहस्पति र माता ममताका पुत्र हुन् भरद्वाज । यिनको जन्म भएपछि पालनपोषणको काम एकले अर्कोलाई जिम्मा लगाउन खोज्दा पिता वृहस्पति र माता पत्नी ममताबीच विवाद भयो । आखिर, पालनपोषणको भर दुवैले आपसमा गर्ने सहमति अनुसार ‘दुवैको भर’ अर्थमा उनको नाम ‘भरद्वाज’ रहन गयो । भरद्वाजका १० पुत्रहरू पनि ऋग्वेदका मन्त्र–द्रष्टा (प्रतिपादक) र पुत्री ‘रात्रि’, ‘रात्रि–शूक्त’ की प्रतिपादक मानिन्छन् ।
 
छैटौं मण्डल तयार गर्नुअघि सर्वविद्या पारंगत हुन भरद्वाजले गरेको कठोर साधना र मिहिनेत असाधारण छ । दोस्रोदेखि सातौंसम्मका मण्डललाई वेदको सबभन्दा पहिले रचित मण्डल मानिएको र छैटौं मण्डललाई पारिवारिक विषयवस्तुको पक्ष पनि भनिन्छ। नेपालबाट स्कट्ल्याण्डमा धेरै वर्ष बुज्रुग स्वास्थ्यविद् (जेरियाट्रिसियन) डा. प्रफुल्लचन्द्र गौतमले वेदको अनुवाद गर्नुभएको छ ।
 
महर्षि भरद्वाजले इन्द्रबाट व्याकरण–शास्त्र तथा चरकका अनुसार इन्द्रसँगै आयुर्वेद, महर्षि भृगुबाट धर्मशास्त्रको शिक्षा हासिल गरे । आयुर्वेद–संहिता, भरद्वाजस्मृति आदि यसैका प्रमाण हुन् । उनले राजशास्त्र, धनुर्वेद, अर्थशास्त्र, ‘यन्त्र–सर्वश्व’ तथा ‘विमानशास्त्र’ (फोटोमा दिएजस्तै) हरू प्रकाशित गरे । वैदिक युगमा विमानको निर्माण भरद्वाज ऋषिकै देन हो भन्ने पुराणहरूबाट पुष्टि हुन्छ । महाभारतको शान्तिपर्वमा महर्षि भरद्वाजले धनुर्विद्याको प्रवचन दिएको प्रसङ्ग आउँछ । रामायणमा राम, लक्ष्मण, सीता गंगा नदि पार गरेर हिंड्दै गंगा–यमुनाको संगम छेउस्थित महर्षि भरद्वाजको आश्रममा पुगेको र भरद्वाजले तीनैजना आगन्तुकको भव्य स्वागत गरेको वर्णन पनि छ।
 
ज्ञानको यति विराट व्यापकता, सायद अन्य महर्षिमा पनि थिएन होला । यसप्रकार एकसाथ व्याकरणशास्त्र, धर्मशास्त्र, शिक्षा–शास्त्र, राजशास्त्र, अर्थशास्त्र, धनुर्वेद, आयुर्वेद र भौतिक विज्ञानवेत्ता ऋषि भारद्वाज भएको प्रमाणसिद्ध वास्तविकता पूर्वीय विज्ञान, दर्शन, चिन्तन, साहित्य आदि हुन् ।
 
भरद्वाजगोत्रीय थरहरूमा– निरौला (मेरा मावली), सुवेदी, देवकोटा, च्वाँइ (सुवेदी), खड्का, राजोपाध्याय (सुवेदी), रजौरिया (देवकोटा), चौलागाईँ, दूध–पोखरेल, मजगैंयाँ पोखरेल, धामी (निरौला), वाग्ले, चिमरिया, कणेल, कणेल खड्का, महराजी खड्का, जमरकट्टेल, शिवाकोटी, भट्ट, सिटौला, पन्थी, पन्त, पन्थ, संग्रौला, थपलिया, बोहरा, कडायत, काप्री, राउत, थामी अधिकारी, डँडाली, सिंजापति विष्ट, रावल (पाल्पाली), सिलवाल, श्रीपाली बस्न्यात, डल्लाकोटी, लटौला, कुलटा पाँडे, विमली, बलायर, चन्द, ठकुल्ला, सिंह ठकुरी (दैलेख), साइबावाको जन्मकुल, पाल, रानाभाट, तामस्या तामाङ, थिङ् तामाङ, थापा–मगर, बार–घरे मगर, लामा गुरुङ, घले गुरुङ, रुवाली, इटनी, कालाखेती, चमरेल, लोहनी, राजभण्डारी, रानामगर, लौडारी, महरा, कैनी, बराकोटी, द्विवे दी दुवे, त्रिवेदी, चतुर्वेदी तथा चौवे, झा, मैथिल मिश्र, बोेस (बसु), देवरकायस्थ, चौधरी, आदि मूख्य छन् ।
baigyanik.jpg
साभार :  गाैतमजीकाे मुहारपुस्तिका