आइतबार, आश्विन १८ गते २०८३

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महरा सुन तस्करी प्रकरणमा पक्राउ

चैत्र ५, २०८० सोमबार
पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महरा सुन तस्करी प्रकरणमा पक्राउ

काठमाण्डौ। सुन तस्करी प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई बिहान कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकालले  जानकारी दिएका छन् ।

महरालाई कपिलवस्तुमा पक्राउ गरी भैरहवा बिमानस्थलबाट  काठमाण्डौ ल्याएर आजै सीआईबी कार्यालमा पुर्याइएकाे छ। सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

साे आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महराका छोरा राहुल विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि गएकाे भदाै १३ गतेदेखि थुनामा छन् ।भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो।