आइतबार, आश्विन १८ गते २०८३

रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन भारी मतले बिजयी


चैत्र ५, २०८० सोमबार
रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिन  भारी मतले बिजयी

काठमाडौं । रुसमा सम्पन्न राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनकाे भारी मतले बिजय भएको  खबर  छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसकेका बीबीसीले जनाएको छ । यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने भएका छन् ।पुटिनको विपक्षमा विश्वसनीय प्रतिद्वन्द्वी नभएकाले पनि जित्न सहज भएको खबरमा उल्लेख छ ।

अमेरििका, बेलायत, जर्मनी लगायत पश्चिमा देहरूले याे चुनाव अप्जातान्त्रिक र  तानाशही नाटक भनेर निन्दा गरेका छने । तर पुटीनले याे पश्चिमा देशहरूमा हुने गरेकाे चुनाव जस्ताे हाेइन भनेर प्रतिबाद गरेका छन्।
रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५.०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गरेका हुन । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।