शनिबार, आश्विन १७ गते २०८३

श्री करूणामय साकोसको ८औं साधारणसभा सम्पन्न

आश्विन ३, २०७८ आइतबार
श्री करूणामय साकोसको ८औं साधारणसभा सम्पन्न

 

ललितपुर महानगरपालिको मंगलबजारमा रहेको श्री करुणामय बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा जिल्ला सहकारी संघका सञ्चालक विनोद डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

‘व्यक्ति, समूह र समाज – एकअर्काका निम्ति सहकारी’ भन्ने आफ्नै मूल नारालाई आत्मसात गरी सञ्चालन भइरहेको करुणामय सहकारी संस्थाले आ.व. २०७७।०७८ सम्म कूल पुँजी ५० लाख ८५ हजार ८५० कायम गरेको छ भने निक्षेप ३ करोड ५६ लाख ५३ हजार पाँच सय पचास संकलन गरेको छ। 

त्यसैगरी संस्थाले ३ करोड ७० लाख रुपैया सदस्यहरुमा ऋण लगानी गर्न सफल भएको छ । संस्थाले गत आ.व. को नाफाबाट विभिन्न आवश्यक शिर्षकहरुमा विनियोजन पश्चात् शेयरसदस्यहरुलाई १८ प्रतिशत बोनस प्रदान गर्ने भएको छ । 

साथै संस्थाले मुनाफा मध्ये थप ७ प्रतिशत रकम कोभिड–१९ महामारी अनुदान कोषमा प्रदान गर्ने निर्णय समेत गरेको छ । 

ललितपुर जिल्ला बचत संघका निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष राजु ताम्राकारले स्वागत मन्तव्यको क्रममा सञ्चालक समिति संस्थाको निर्दिष्ट उदेश्य प्राप्त गर्न गरेको निश्वार्थ लगाव नै संस्थाको शक्ति हो भन्दै सदस्यहरुको सहज र मुस्किल जुन सुकै परिस्थितिमा साथ लिनेदिने क्रम चलिरहने प्रतिबद्धता जनाएका थिए। 

सल्लाहकार महेन्द्र बहादुर चित्रकार, राजेश अवाले र रविन्द्र राज ताम्राकारले निति, विधि र प्रवृधिमा सहकारीलाई दोर्‍याउनु  पर्ने अभिव्यक्ति दिदै कार्यक्रम सफलताको कामना व्यक्त गरेका थिए। विशेष अतिथि सहकारी विभागका प्रतिनिधि चिरञ्जीवी पौडेल सभामा शुभकामना व्यक्त गरेका थिए । 
    
संस्थाको साधारण सभाको बन्द सत्रले अध्यक्ष उदय ताम्राकारको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र ताम्राकारको लेखा प्रतिवेदन र कोषाध्यक्ष राजेश ताम्राकारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा संस्थाको विनियम संसोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 
   
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष, वरिष्ठ सहकारी अभियन्ता राजेशहरी जोशी एवं उपसमितिका सदस्य ध्रुर्व मान ताम्राकारको असामयिक निधन प्रति दुख प्रकट गर्दै एक मिनेट मौन धारण सहित शोक प्रस्ताव पारित गरेका छन्।

karunamaya saving.jpg