काठाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले हिजो एक कार्यक्रमको आयोजना गरी मिटर ब्याज, लघुबित्त, सहकारी, दुग्ध र उखु समस्या पीडित आन्दोलनरत किसानहरुप्रति दृढ एैक्यबद्धता जनाउदै सबै आन्दोलनलार्य एकीकृत गरे अघि बढाउनु पर्ने कुरामा जोड दिएको छ ।
कार्यक्रममा बोल्दै मोर्चाका संयोजक नेकपा(मशाल)का महासचिव सन्तबहादुर नेपालीले हिजोदेखि आजसममका बयवस्थाले नेपाली किसानहरुका समस्या हल गर्न सक्नैनन् भन्ने करा नेपाली कृषि र किसानहरूका संकटपूर्ण र दयनीय अबस्थाले प्रष्ट पारेको छ । बिदेशबाट कृषि जन्य बस्तु पैठारी गरेर यहाका कृषि र किसानलार्इ तहस नहस पारिएको छ । यसको सही उपचार आमूल क्रान्तिकारी परबिर्तन हो । तथापि मिटर ब्याजको समस्याको सम्बन्धमा गृहमन्त्रीले जुन सम्झौता गेका छन् र भनेका छन् त्यो पूरा गरेर देखाउन् । किसानहरुले त आन्दोलन स्थगति मात्र गरेका हुन् । किसानको उठिबास गराउने शोषक सामन्ती दलालहरुबाट मुक्तिको आन्दोलन उनीहरूले छोड्नै छैनन् । यसलाई निर्णायक दिशामा अघि बढाउनेछन् भन्नु भयो ।
मोर्चाका एक घटक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले नेपालमा सबैभन्दा पहिला किसानहरुका समस्या उठाउने र आन्दोलनको बिकास गर्ने कार्यको आरम्भ नेपालको कम्युनिष्ट आन्दोलनले अर्थात नेपाल कम्युनिष्ट पार्टीले गरेको हो । २००९ सालदेखि २०१३ सालसम्म भएको सामन्तबाद बिरोधी आन्दोलनका बेला किसानहरुले जाली तमसुक फट्टा आन्दोलन, जी आनदोलन, भूमिसुधारको माग, आदि जस्ता महत्वपूर्ण मागहरु उठाएका हुन् । त्यसैको फलस्वरुप त्यसबेलाका किसान आन्दोलनका नेताहरु तुलसीलाल अमात्य, कमलराज रेग्मी, शेख फर्मान, हरिदयाल महतोहरुले २०१५ सालको निर्वाचन पनि जितेका पनि हुन् भन्नुभयो । उहाँले किसान जीवनदायिनी शक्ति हो । यसले अन्नबाली, तरकारी, फलफूल, पशुपालन नगर्ने हो भने देनियामा कसैको जीवन बाच्दैन । तर त्यस्तो जीवनदायिनी शक्तिलाई आज पनि अममान, तिरस्कार र हेला गरिने गरिन्छ । दमन गरिन्छ । संसदमा सरकारमा किसानहरुको प्रतिनिधित्व छैनन् । त्यसैले पैदल हिडेर काठमाण्डू न्याय माग्न अउदा पनि कुनै सांसद या मन्त्री उनीहरूलार्इ भेट्न नअएका हुन् । किसानले उत्पादन गरेका बालीनालले उचित मूल्य पाउदैनन् । सत्ता र त्यसको वरिपरी रहेका कमिशनखोर, भ्रष्टाचारी र कालोबजारी चलाउने बिचौलियाले गर्दा किसानको जीवन र कृषि बर्बाद भइरहेको छ । किसानका समस्या हल नभै देशको राष्ट्रियता,जनतन्त्र र जनजीबिकाका समस्या पनि सही अर्थमा हल हुदैनन् त्यसैले हामी किसानहरुले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आएका हौ भन्ने सुस्पष्ट पार्नु भयो ।

कार्यक्रममा बोल्नु हुदै राष्ट्रिय क्रान्तिकारी मोर्चाका बागमति प्रदशेका संयोजक यशु चौंलागाईले बर्तमान दलाल सत्ता र ब्यवस्थाले किसानहरुको हक हित गर्दैन भन्ने कुरा २००७ सालदेखि २०६२/६३ सालसम्मका जनताले ठूलो त्याग गरी रगत पसिना बगाएर ल्याएको परिबर्तन पछि बिकसित गरिएको भ्रष्ट र जालझेलपूर्ण स्थितिले प्रष्ट पारेको औल्याउनु हुदै देशमा सबै क्षेत्रमा समस्यै समस्या ब्याप्त भएकाले अब पनि देशमा ठूलो एकताबध्द आन्दोलनको बिकल्प छैन भन्ने कुरा एकदमै प्रष्ट छ भन्नु भयो ।

मजदुर किसान संघर्ष समितिका तर्फबाट मिटर बयाज आन्दोलनमा पैदल यात्रा गर्दै काठमाण्डैमा न्यायिक मार्चमा आउनु भएकी मिटर ब्याज बिरोधी महिला किसान योद्धा पुनम महतोले सरकारले हिजो मिटर ब्याज पीडित आन्दोलनकारी किसानहरुलाई ललिपप खुवाएर अल्मल्यायाो आज चक्लेट खुवाएर नअल्मल्याओस्,अब पनि धोका भयो भने हामी मिटर ब्याजे किसानमारा साहुलाई छोड्ने छैनौं । अझ शक्तिशाली आन्दोलनको आँधीबेरी ल्याउँछौं भन्नुहुदै बिचौलियाको राज देशमा सर्बत्र छ । मधेशमा त बिबाह समेतमा बिचौलिया फित्तामारहरुको चलखेल हुन्छ भन्ने कुरा सुनाउनु भयो ।

कार्यक्रमको सञ्चालन गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चाका नेता बाम ब्यक्तित्व पुष्कर गौतमले देशका सर्बहाराहरु न्यायको माग गर्दै मेची र महाकाली देखि हिडेर सिंहदरबारसम्म आर्इ आफ्ना जायज मागहरु सरकार सउमक्ष राखेका छन् । जनताको यो न्यायिक आवाज सुनिएन र अल्मल्याउने मात्र काम भयो भने त्यसले ल्याउने परिणामको जिम्मेवार बर्तमान सरकार र राजनतिक ब्यवस्था नै हुन्छ भन्ने चेतावनी पनि दिनु भयो । कुनै औपचरिकता बेगर नै यो ऐक्यबद्धता कार्यक्रम यही चैत २ गते शान्तिबाटीका काठमाण्डाैमा सम्पन्न भएको थियो ।

नेपालपत्र संवाददाता