प्रभु इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ४.७५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपालपत्र संवाददाता