आइतबार, आश्विन १८ गते २०८३

मिटर ब्याज, लघुवित्त पीडित एवं दूग्ध किसानकाे आन्दोलनप्रति ६ किसान संगठनहरूको ऐक्यवद्धता


फाल्गुण १५, २०८० मंगलबार
मिटर ब्याज, लघुवित्त पीडित एवं दूग्ध किसानकाे आन्दोलनप्रति ६ किसान संगठनहरूको ऐक्यवद्धता

काठमाण्डौ । अहिले सडकमा आन्दोलित मिटर ब्याज, लघुबित्त र दूध डायरी पीडित किसानहरुको आन्दोलनप्रति ६ बाम किसान संगठनहरुले एक संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै दृढ ऐक्यबद्धता जनाएका छन् । उनीहरुले सरकारसमक्ष कृषि र किसान समस्या सम्बन्धि माग सरकार समक्ष् राखे पनि त्यसको वास्ता नगरिएको र किसानलाई आलेटाले गर्ने र अल्मल्याउने काम मात्र गरेको औल्याउँदै आन्दोलनरत किसानकाको आन्दोलनप्रति दृढ ऐक्यबद्धता जनाएको बताएका छन् । 

अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष चित्रबहदुर श्रेष्ठ, अअिल नेपाल कसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अअिल नेपाल किसान महासंघ(क्रान्तिकरी)का अध्यक्ष् सीताराम तामाङ्रग, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरवराज रेग्मी र अखिल  नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले  हस्ताक्षर गरको संयुक्त बक्ब्तब्यमा नेपाली कृषि र किसानलाई आत्मनिर्भर तुल्याउन यसमाथिको परनिर्भरतालाई अन्त्य गर्न तथा नेपाली किसानले गौरव र स्वाभिमानका साथ बाच्न पाउने सुनिश्चित र समुन्नत भविष्यका निम्ति यो क्षेत्रमा भित्रिनेरभित्राउने विविध खाले बाह्य अतिक्रमणबाट यसको रक्षा गर्न सबै किसिमका आवश्यक आधुनिक सुविधा, सहुलियत र कृषिसामग्री सहज किसिमले किसानलाई उपलब्ध होउन् र सबै क्षेत्रका कृषिउपजले बिनाभेदभाव न्यूनतम समर्थन मूल्य पाउने ठोस व्यवस्था तत्कालै व्यवहारमा लागु गरियोस् भन्ने पनि हामी पुन: जाेडदार माग गर्दछौँ भनिएको छ ।
                                                                              बक्तब्यको पूर्ण पाठ यस प्रकार छ :

Kisanjointbaktabya1 copy.jpg