शनिबार, आश्विन १७ गते २०८३

एक्सप्रेस साकोसको तेह्रौं बार्षिक साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न

आश्विन १, २०७८ शुक्रबार
एक्सप्रेस साकोसको तेह्रौं बार्षिक साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न


एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. ले साधारण सभा संचालन सम्बन्धि निर्देशनको बुँदा नं. ४ लाई पालना गर्दै संस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामा सञ्चालक समिति तथा विभिन्न उपसमिति सदस्य र शेयरसदस्यहरुको क्रमिक उपस्थितिमा २०७८ भाद्र १७ गते देखि २३ गतेसम्म संस्थाको कार्यालयमा नै सदस्यहरुलाई बार्षिक प्रगती पुस्तिका उपलब्ध गराउँदै तथा अन्तरक्रिया गर्दै ७ दिनसम्मको अवधिसम्म १६०७ जना सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

सदस्यहरुले प्रतिबेदनको अध्ययन गरि विभिन्न विषयमा दिएको सल्लाहसुझाव र प्रतिक्रियालाई संकलन गर्दै साधारण सभा निर्णय पुस्तिका तयार पारिने अध्यक्ष लामाले बताए ।

संस्थाले १२ औ वर्षलाई सफलतापूर्वक पार गरि १३ औ वर्षको यात्रामा प्रवेश गर्दै गर्दा धेरै सदस्यहरुको सद्भाव र विश्वास प्राप्त गरि संस्था २२.७२ करोडको सम्पत्ति तथा दायित्वमा पु¥याएको छ । संस्थागत लगायत अन्य कोष बृद्धिमा ४.९४ प्रतिशत पु¥याउन सफल भएको छ । बचत तथा ऋणमा १७.६६ करोड बराबरको कारोबार भएको छ भने कर्जा नोक्सानी ब्यवस्थाम जम्मा ऋण लगानीको ५% अर्थात ८८.३४ लाख बराबर ब्यवस्था गर्न सफल भएको छ ।

गएको आ.व.मा संस्थाले ५९ लाख २७ हजार बचत (नाफा) गर्न सफल भएको छ । संस्थाको अन्य करहरु बाहेक नाफाबाटमात्र करमा योगदान ३.०४ लाख बराबरको रहनेछ । नियमकानुन र सहकारी ऐनलाई पालना गर्दै सदस्यहरु सेवा र सुविधा दिन क्रियाशील रहने अध्यक्ष लामाले बताए । 
कोरोना भाइरस संक्रमणको प्रतिकूल परिस्थितिमा पनि संस्थाले सदस्यहरुको लागि प्रवाह गर्न सकेको सेवा सुविधा र सदस्यहरुले पनि संस्था प्रति देखाएको माया विशेष रहेको संस्थाले जनाएको छ । वित्तीय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुलाई सघाउ पु¥याउँदै संस्थाले स्थानीय स्तरमा सबल एवं सहज सहकारी संस्थाको रुपमा परिचय बनाउन सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।