बुधबार, भाद्र ३ गते २०८३

बिश्वमा निरन्तर बढ्दो असमानता र बढदो गरीबी


फाल्गुण १०, २०८० बिहीबार
बिश्वमा निरन्तर बढ्दो असमानता र बढदो गरीबी

आज बिश्वमा सामाजिक असमानताको खाडल निरन्तर बढ्दै नै गइरहेको छ । जसले गर्दा अत्यधिक ठूलो जनसंख्या भएको सर्बसाधारण मानिसहरुको आयमा अत्यन्तै कम बृद्धि भइरहेको छ भने सानो संख्यामा रहेको बिश्वको धनाढ्य बर्गको सम्पत्तिमा भने कयौं गुणा बृद्धि भइरहेको छ । यो बिश्वभरीको गरीब र धनाढ्यहरु बीचको आजको यथार्थ चित्र हो । यो कुरा हाम्रो देश लगायत बिश्वका अधिकांश देशहरुको आर्थिक असमानताको तस्वीर हो ।गरीबी उन्मुलनका लागि कार्यरत एउटा गैर सरकारी संस्था ‘अक्सफाम इण्टरनेशनल’ले गएको महिना बिश्व आर्थिक मञ्चको बैठकमा आर्थिक असमानताका बिषयमा  आफ्नो बार्षिक प्रतिबेन जारी गर्दै बताएको थियो कि बितेका केही बर्षयता अति सम्पन्न र बिपन्नता बीचको खाडल पूरै बिश्वभरी तीब्र गतिले बढेको छ ।
त्यस प्रतिबेदनले भनेको छ कि आर्थिक असमानता दृष्टिगत गर्दा बितेका केही बर्षहरु अत्यन्तै खराब साबित भएका छन् र बिगत चार बर्षयता कोरोना महामारी, युद्ध र मंहँगीले जुन स्तरमा बिश्वभरी नै अर्बौ अर्ब मानिसहरुलाई गरीबतम बनाएको छ २०२० यतादेखि अहिलेसम्म बिश्वका झण्डै ५ अर्ब मानिस गरीब हुन पुगेका छन् । त्यस प्रतिबेदनमा के चिन्ता पनि ब्यक्त गरिएको छ भने  एकातिर जहाँ मुठ्ठीभर मानिसहरुको अधिकतम कमाई भएको देखिन्छ भने अर्कोतिर अर्बौंं मानिसहरुको कमाई कमभन्दा कम हुँदै गइरहेको छ । त्यस प्रतिबेदनका अनुसार बिशवका सबैभन्दा माथि शीर्षका ५ जना अति धनाढ्यको सम्पत्ति बितेको ४ बर्षको समयका ४०५ अर्ब अमेरिकी डलर दोब्बरभन्दा बढी बढेर ८६९ अर्ब अमेरिकी डलर हुन पुगेको छ । जसको स्पष्ट अर्थ हुन्छ कि चार बर्षको क्रममा ती पाँचजना बिश्वका अति धनाढ्य मानिसलाई हरेक घण्टा १४ मिलियन डलर झण्डै १९० मिलियन करोड रुपैया बराबरको कमाई भएको छ । अक्सफामका अनुसार सबैभन्दा धनाढ्यले साँठ गाँठ गर्ने पूँजीवाद र बिरासतको माध्यमले कमाएको सम्पत्तिको यति  ठूलो हिस्सा हडप गरेको छ जबकि गरीबले अहिले पनि न्यूनतम तलब आर्जित गर्ने र गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाहरुसम्म पहुँच पुग्नका लागि संघर्ष गर्न बाध्य हुनु परिरहेको छ । तिनीहरु लगातार  कम लगानीबाट पीडित छन् । यो बढ्दो दूरी र बढ्दो असमानताले महिलाहरु र बाल बच्चाहरु सबैभन्दा बढी प्रभावित तुल्याउँदछ । 
बिश्वका अर्बपतिहरु सम्मिलित सम्पत्ति बितेको चार बर्षमा ३.३ ट्रिलियन डलरभन्दा बढी बढेको छ जबकि बिश्वका पाँचवटा सबैभन्दा ठूला अर्थ ब्यवबस्था मध्यको भारतको जीडीपी ३.५ ट्रिलियन डलर छ । अनि बिश्वका १४८ शीर्ष घरानाकाले १८०० अर्ब अमेरिकी डलर बराबरको मुनाफा कामाएका छन्, जुन तीन बर्षको सरदरभन्दा ५२ प्रतिशतभन्दा बढी रहेको छ । अनि जहाँ सबभन्दा धनाढ्य शेयरधारकहरुलाई ठूलो रकम राशीको भुक्तानि दिइने गरेको छ भने संसारका करोडौ करोड मानिसकहरुले वास्तबिक अबधिको तलबमा कटौतिको सामना गर्नु परिरहेको छ । अक्सफामले जनाए अनुसार यदि अहिलेको प्रबृत्ति जारी रहँदै जाने हो भने बिश्वबाट गरीबी आगामी २२९ बर्ष पार गरिसक्दा पनि हटाउन सकिदैन ।
 अनि अक्सफामले भारतको सन्दर्भमा पनि के भनेको छ भने भारत बिशवको सबैभन्दा तीब्र गतिले बढिरहेको अर्थब्यवस्था मानिन्छ तर सबैभन्दा बढी असमानता बढेको देशमा पनि भारत नै  एउटा प्रमुख देश समेत मानिन्छ । भारतीय जनसंख्यमा शीर्ष सबभन्दा माथिका १० प्रतिशत मानिसहरुसँग कूल राष्ट्रिय सम्पत्तिको ७७ प्रतिशत हिस्सा केन्द्रत रहेको छ । २०१७ मा उत्पन्न ७३ प्रतिश्त सम्पत्ति सबैभन्दा धनाढ्य १ प्रतिशत ब्यक्तिहरुकोमा पुगेको थियो जबकि ६७० मिलियन भारतीयहरु जो जनसंख्याको सबैभन्दा गरीब तप्काको आधा हिस्सामा पर्दछन् तिनको सम्पत्तिमा भने केवल आधा  प्रतिशत हिस्सा मात्र परेको देखिएको  थियो ।
 अक्सफामले दर्शाएको प्रतिबेदन अनुसार भारतमा एक दशकमा अर्बपतिहरुको सम्पत्ति झण्डै १० दोब्बर बढ्न पुग्यो । तिनको कूल सम्पत्ति आर्थिक बर्ष २०१८–१९ मा भारतको पूरै केन्द्रिय बजेटभन्दा बढी रहेको छ जुन २४४२२  बिलियन थियो । जबकि आम भारतीय जनता आफ्नो आबश्यक स्वास्थ्य सेवाको पहुँचमा पुग्न अझै सकेका छैनन् । जसमध्ये ६३ मिलियन (हरेक सेकेण्डभरीमा २ जना) मानिस प्रतिबर्ष स्वास्थ्यको हेरचाह गर्ने लागतका कारण गरीबीको रेखामुनि धकेलिने गरेका छन् । भारत सरकारले आफ्ना सबैभन्दा सम्पन्न धनाढ्य नागरिकहरुमाथि मुश्किलले कर लगाउने गर्दछ तर सार्वजनिक स्वास्थ्य हेरचाहमाथिउसको खर्च भने बिश्वमै सबैभन्दा कम रहेको छ । उता ठूलो रकम राशी पोषित स्वास्थ्य सेवाको स्थानमा उसले तीब्र गतिले शक्तिशाली ब्यापारिक स्वास्थ्य क्षेत्रलाई बढावा दिएको छ । परिणमस्वरुप राम्रो स्वास्थ्यको हेरचाह गर्नु केवल ती मानिसहरुको लागि उपलब्ध बिलाशिता हो जसका लागि भुक्तान गर्ने पैसा सधै रहन्छ । 
तर अहिलेलाई बिश्वका कतिपय देशहरुकासाथै भारतमा पनि बढ्दो आर्थिक असमानताको चिन्ताजनक स्थिति रहेको छ । किनभने बढ्दो असमानता या बिषमताको दुष्प्रभाव देशको बिकास तथा सामाजिक–राजनीतिक बिसंगतिहरु पनि पैदा हुने गर्दछन् र गरेका छन् । यद्यपि संयुक्त राष्ट्र संघ जस्ता कतिपय बिश्व संस्थाहरुका अतिरिक्त कतिपय देशका सरकारहरुले पनि गरीबी उन्मूलन, बेरोजगारी तथा आर्थिक असमानता उबं गरीब हटाउनका लागि प्रयाशरत रहेको पनि मानन्छि । तर तिनले कुनै राम्रो परिणाम ल्याउन सकेको कतै देखिदैन । त्यही कारणले गर्दा अक्सफाम जस्ता संस्थाहरुले प्रत्येक बर्ष बिश्व भरीका सरकारहरुसँग आह्वान गर्ने गरेको देखिन्छ कि उनीहरुले धनी तप्कामाथि उच्च सम्पत्ति लगाउन् र श्रमिक बर्गमाथि सबल संरक्षण प्रदान गर्ने प्रभावकारी ब्यवस्थाको प्रबन्ध गरुन् । हुन पनि ठूला औद्योगिक ब्यापारिक घरानाहरुमाथि कर लगाएर सार्बजनिक सेवाहरुका लागि आवश्यक संसाधान जुटाउन सकिने हरेक बर्षको प्रतिबेदनमा उल्लेख गर्ने गरेको देखिन्छ ।तर प्रायः जसो घरानीया ठूला पूँजीपतिहरु र सरकारका बीच जुन साँठगाँठ हुने, कर छल्ने, कमिशन खाने र मूल्य बृद्धि गर्ने कालो धन र कालो कामको भूमिगत अर्थतन्त्र चले चलाइएको हुन्छ त्यसले गर्दा गरीबी, असमानता, असन्तुष्टी र आन्दोलनको चक्र र श्रृंखला पनि केही अपबादलाई छोडेर बिश्वभर नै चल्ने गरेको देखिन्छ । यस स्थितिलाई बदल्नु नै आजको बिकास र सुशासन तर्फको पाइला हुनसक्छ ।