शुक्रबार, कार्तिक ७ गते २०८३

मार्क्सबादमाथि भ्रम,भ्रष्टिकरण र भष्म पार्ने अभियान


फाल्गुण ९, २०८० बुधबार
मार्क्सबादमाथि भ्रम,भ्रष्टिकरण र भष्म पार्ने अभियान

मार्क्सकाे शिक्षाका सम्बन्धमा पनि आज त्यही कुरा भइरहेको छ जुन कुरा उत्पीडित बर्गको मुक्तिको संघर्षमा तिनका नेताहरु र क्रान्तिकारी बिचारका शिक्षाहरुसँग इतिहासमा प्रायजसो हुँने गर्दै आएको छ ।

उत्पीडनकारी बर्गहरुले महान क्रान्तिकारीहरुलाई तिनको जीवनभरी लगातार यातनाहरु दिए । उनीहरुको शिक्षाको बिरूद्ध बढीभन्दा बढी बर्बर,द्वेषपूर्ण र बढीभन्दा बढी क्रोधोन्मत्त घृणा तथा असत्य बोल्ने र बद्नाम गर्ने बढीभन्दा बढी अन्धाधुन्ध अभियान चलाएर उत्तर दिएका थिए ।

तर तिनको देहान्त पछि उनीहरुका क्रान्तिकारी शिक्षालाई सारहीन तुल्याएर, तिनको क्रान्तिकारी धारलाई भुत्ते बनाएर र त्यसलाई अधिकतम भ्रष्ट पारेर उत्पीडित बर्गलाई ‘बहकाउने’ उनीहरुलाई धोका दिनका लागि तिनलाई देवत्व प्रदान गर्ने र तिनको नामलाई एउटा निश्चित गौरब प्रदान गर्ने प्रयत्न गर्ने गरिएको पाइन्छ ।

cp,,imost ;eaders.jpg

मजदुरहरुको मस्तिष्कमा यो बिचार बसाउनको साटो कि त्यो समय नजिक आइरहेको छ, जति बेला उनीहरु उठ्नु जाग्नु पर्नेछ, राज्यको पुरानो संरचनालाई ध्वश गरिनु पर्दछ, त्यसको ठाउमा नयाँ संयन्त्र  कायम गरिनु पर्दछ र यसरी आफ्नो राजनीतिक शासनलाई समाजबादी पुनर्निर्माणको आधार बनाउनु पर्दछ, त्यसका बिपरीत उनीहरुले मजदुरहरुलाई बास्तवमा त्यसको... एकदमै उल्टा नै पाठ पढाए र ‘सत्तामा अधिकार प्राप्त गर्ने’कुरालाई यसरी चित्रित गरेका छन् कि त्यहाँ अवसरबादीहरुका लागि हजारौ छिद्रहरु रहन गएका छन् ।