म पृथ्वीका सबै कवि र लेखकहरूलाई अपिल गर्दछु। प्रिय कवि र लेखकहरू! मेरा प्रिय साथीहरू !
पृथ्वी हाम्रो घर हो।यस्तो समयमा जब विभिन्न युद्धहरू, रोगहरू, विवादहरू, अनैतिकता, आध्यात्मिक रक्तपात र क्रूरता उग्र हुँदै गइरहेको छ, अनि हाम्रो धर्म, जाति, उमेर, पेशा र हामीले हाम्रो बस्ने घरको रक्षा गर्नुपर्छ ताकि भविष्यका लागि शान्तिले बस्न पाउने स्थान रहोस् ।हामी विभिन्न युद्धका माझ हुर्केका छौँ। हामीले धेरै रक्तपात देखेका छौं। हामीले कतिवटा गम्भीर रोगहरू अनुभव गरेका छौं? सहरहरू ध्वस्त भए। देशहरूमा बम प्रहार गरिएको छ, र यो दयनीय अवस्था अझै जारी छ। दिनहुँ, हामीलाई भोलिमा विश्वास हुने गर्दैन । किनभने हाम्रा छिमेकीहरू बेचैन छन्। उनीहरूको चिमनीबाट निस्कने धुवाँ पनि हाम्रो घरमा प्रवेश गरिरहेको छ। हामी उनीहरूको घरमा चिच्याउने आवाज सुन्न सक्छौँ। आफ्ना सन्तान गुमाउने आमाहरूको विलाप हामी सहन सक्दैनौँ। यदि पृथ्वीका सम्पूर्ण आमाहरू खडा भए भने, यो ग्रहलाई थेग्न सकिनेछैन । पृथ्वी अक्षबाट बाहिर जानेछ।
सारा संसारका प्रिय साथीहरू, कविहरू र लेखकहरू, मैले यो शब्द फेरि एकपटक दोहोऱ्याउनुको कारण यो हो कि मलाई पक्का विश्वास छ कि यी पीडा हामी प्रत्येकमा अवस्थित छन् किनकि प्रत्येक गोलीले तपाईंको र हाम्रो हृदयलाई छेडेको छ। हामी एउटा जीवित चिहान बनेका छौँ। अनुमान गर्नुहोस् के हामी यो संसारलाई एक्लै छोड्न सक्छौं ? कदापि सक्दैनौँ! जे भए पनि, हामीसँग भगवानले हामीलाई दिएको हतियार छ; हामीसँग एउटा आवाज छ जसले सारा संसारलाई हल्लाउन सक्छ। हामी किन मौन छौं?यो प्रस्थानका साथ भोलिको पुस्ताले के गर्नेछ? उनीहरू कहाँ बस्लान्? जहाँ मानव हृदयमा नैतिक मूल्यमान्यता लोप हुँदै गइरहेको छ, नैतिकताको अवधारणा तल झरेको छ, र अनैतिकताको युद्ध उग्र हुँदै गइरहेको छ, त्यस आधारबाट हामी के अपेक्षा गर्न सक्छौँ?
म तपाईँहरू सबैलाई क्रूरता-मुक्त पृथ्वी र भावी पुस्ताका लागि शान्तिपूर्ण आकाशको कामना गर्न आह्वान गर्दछु। वातावरण प्रेमको प्रतीक भएका, घृणा नभएका मानिसहरूले भरियोस्। चराहरू खुशीले हाम्रा टाउका वरिपरि उडोन्, भविष्यको पुस्ताको सपना एउटा बलियो र स्वस्थ रुख झैं अटल होस्! पृथ्वीभरका बच्चाहरू शान्तिले हुर्कियून् ! उनीहरूलाई न पिटियोस्। पिटिनु भनेको के हो भनेर थाहा नपाउन् तिनीहरूले। बालकहरूको हाँसो सुनियोस्...आउनुहोस्, हामी सबै मिलेर सोचौं र यस विषयमा लेखौं। मलाई विश्वास छ कि हाम्रो आवाज सारा संसारमा पुग्नेछ। यदि हामी नरम बोल्छौँ भने पनि सारा संसारले सुन्नेछ!नैतिक सौन्दर्यले संसारलाई बचाउँछ र साहित्य र आध्यात्मिकताले यसलाई सिँगार्छ भन्नेमा सहमत हुने प्रत्येक सृष्टिकर्ता पृथ्वीको भाग्यप्रति उदासीन हुँदैनन्। यदि हामी भगवानले दिएको प्रतिभालाई प्रयोग गर्न सक्छौँ र हाम्रो हातमा कलम लिएर सम्पूर्ण संसारलाई निरक्षरताबाट बचाउन सक्छौँ भने हामीले यस संसारको चिन्ता गर्नुपर्दैन। किनभने तपाईँ ढुङ्गाले पहाडमा प्रहार गर्न सक्नुहुन्न। आज म उज्बेकिस्तानमा खडा छु, जुन टाढा छ तर तपाईंको हृदयको नजिक छ, तपाईंको कलमको शक्तिमा विश्वास गर्दै र तपाईं भोलिपल्ट, पृथ्वीको शान्ति, मानवताको शान्ति, आज र भोलिपल्ट शान्ति र शान्तिपूर्ण जीवनका लागि उदासीन हुनुहुन्न। "पृथ्वी सबै मानवताको घर हो!" म तपाईँलाई म्याराथनमा भाग लिन आग्रह गर्दछु। र म तपाईंलाई कविता, कलात्मक र पत्रकारितात्मक लेखहरूको मञ्चमा निम्तो दिन्छु!
विनम्रतापूर्वक,
"किताब दुनिओसी" र "बुक वर्ल्ड" समाचारपत्रका सम्पादक खोसियात रुस्तम
प्रमुख सम्पादक।
(नेपालका अन्तर्राष्ट्रिय बहुभाषिक कवि र शान्ति दूत सन्तोष कुमार पोखरेलले उज्बेकिस्तानककी कवयत्री तथा किताब दुनियोसीकी सम्पादिका होसियत रुस्तामोभाको विश्वशान्तिका लागि तयार गरिएको अपील नेपालीमा अनुवाद गर्नुभएको हो)।