शनिबार, आश्विन १७ गते २०८३

लामोसाँघु साकोसको साधारणसभा सम्पन्न, वित्तीय सूचांकमा उल्लेख्य प्रगति 

आश्विन १, २०७८ शुक्रबार
लामोसाँघु साकोसको साधारणसभा सम्पन्न, वित्तीय सूचांकमा उल्लेख्य प्रगति 

 

लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी–८, लामोसाँघुमा रहेको संस्थाको साधारणसभा  अध्यक्ष पुर्णचन्द्र ढकालको सभापतित्व एवं नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

सभामा साना किसान विकास लघुबित्त बित्तीय संस्था, इलाका कार्यालय बनेपाका प्रबन्धक सरोज भट्टराई, बलेफी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चरी बहादुर तामाङ। सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक चक्र बस्नेतले शुभकामना दिएका थिए । 

कोभिड १९ महामारीको जोखिमलाई मध्यनजर गर्दै संस्थाले सीमित सदस्यहरुको उपस्थितिमा विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । सभामा संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालले आर्थिक वर्ष ०७७।०७८को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०६२ सालमा गठित बचत तथा ऋण परिचालन समुहलाई २०६५ साल असार ११ त्यस भेगका गते शिक्षक, कर्मचारी, समाजसेवी, किसान, ब्यवसायी तथा सामाजिक अभियन्ताहरु समेत ३४ जना व्यक्ति मिलेर यो संस्थाको स्थापना गरिएको उनले स्मरण गरे । संस्थाले स्थानियबासीको आर्थिक र सामाजिक स्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ सुरुमा मांखा, पांगे्रटार, टेकानपुर र राम्चे गा.बि.स. कार्यक्षेत्र लिइ अघि बढेको र हाल ५ वटा स्थानिय तहका १४ वटा वडाहरु कार्यक्षेत्र रहेको उनले जनाए ।

संस्था नीति, बिधि र प्रबिधिमा आधारित सबल र सुरक्षित संस्था, समृद्ध सदस्य भन्ने उद्देश्यका अगाडि बढेको बताउँदै अध्यक्ष ढकालले सदस्यहरुलाई उचित मुल्यमा वित्तीय तथा गैर बित्तिय सेवा उपलब्ध गराई उनीहरुको आर्थिक, सामाजिक र सांस्कृतिक बिकासमा टेवा पु¥याएको बताए । 

२०७८ अषाढ मसान्त सम्म कुल सदस्य संख्या २१२४ जना मध्य शेयर सदस्य १७६९ जना र बाल बचत कर्ता ३५५ जना रहेका छन् भने संस्थो यस अवधिमा सवा ९ करोड पुँजी संकलन गरी परिचालन गर्न सफल भएको छ । प्रतिस्पधात्मक युगलाई आत्मसाथ गरी सदस्यहरुको सेवालाई मध्यनजर गर्दै ३६५ दिने सेवा संचालन गर्न सफल भएको छ । 

संस्थाले सदस्य तथा सेवा बिस्तारलाई निरन्तरता दिने, बचत तथा ऋणको कारोवारलाई ब्यबस्थित गर्दै नयाँ प्रडक्ट स्थापित गर्ने लक्ष्य राखेको छ । 
प्रतिस्पर्धात्मक र स्तरिय सेवा प्रदान गर्न आवश्यक पर्ने बर्तमान ईलेक्ट्रोनिक भुक्तानी तथा ट्रान्सफर प्रविधिलाई स्थापित गर्ने, विद्युत महशुल भुक्तानी सेवा थप गरि सम्पुर्ण रिचार्ज सेवा, मोवाईल बैंकिङ र ३६५ दिने सेवालाई ब्यबस्थित बनाउँदै जाने उनले जनाए । 

उत्पादन तथा कृषि क्षेत्रलाई प्राथमिकता दिदैं रासायनिक मल बिक्रि वितरणको कार्यलाई निरन्तरता र ब्यबस्थित गर्ने, सदस्यहरुलाई आत्मनिर्भर उद्यमी तथा ब्यबसायिक बनाउनका लागि सहकारी शिक्षा उपलब्ध गराउने, आन्तरिक श्रोत पुँजी प्रयाप्त नभएको अवस्थामा सदस्यहरुको मागलाई पुरा गर्नको लागि बाह्य बित्तिय संस्थाहरु बाट कर्जा सापटी लिने , साना किसान बिकास लघुबित्त बित्तिय संस्था लि. बनेपा संगको सहकार्यमा कृषि तथा उद्यमी क्षेत्रमा सहुलियत ब्याजदरमा ऋण लगानीलाई प्राथमिकता दिने र सेवा केन्द्र स्थापना गर्ने जस्ता योजना रहेको अध्यक्ष ढकालले जानकारी दिए । 

lamo sanghu.jpg

सभामा कोषाध्यक्ष बालकृष्ण तिमल्सिनाले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण सभामा प्रस्तुत गरेका थिए । अघिल्लो असार मसान्तमा संस्थाको शेयर पुँजी ५९ लाख १८ हजार रहेकोमा १६.५७ प्रतिशतले बृद्धि भई गएको असार मसान्तमा कुल चुक्ता पुँजी शेयर ६९ लाख पुगेको उनले बताए । त्यसैगरी अघिल्लो आ.व.को तुलनामा २६.३१ प्रतिशतले बृद्धि भई आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्तसम्ममा कोषहरुमा ८९ लाख १३ हजार रकम जम्मा भएको उनले जानकारी दिए । संस्थाले गत आवको अन्त्यसम्म ५ करोड ७९ लाख ८३ हजार बचत संकलन गरी ७ करोड ५ लाख ७८ हजार ऋण लगानी गरी १८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । 

आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आएको संस्थाले सदस्यलाई कृषि, व्यापारव्यवसाय, घरजग्गा खरिद, शैैक्षिक लगायतका १६ शीर्षकमा कर्जा प्रदान गर्दै आएको छ । 

संस्थाले विभिन्न बिधामा बर्ष उत्कृष्ट सदस्यलाई सम्मान गरेको थियो । त्यसैगरी त्री बर्षिय व्यवसायिक रणनैतिक योजना समेत पारित गरि योजना अवधिमा २ वटा सेवाकेन्द्र स्थापना गर्ने संस्थाले लक्ष्य लिएको जनाइएको छ ।

संस्थाका ब्यबस्थापक रविन विश्वकर्माले सभा संचालन गरेका थिए ।