बुधबार, भाद्र ३ गते २०८३

गणतन्त्र: एक बकपत्र


फाल्गुण २, २०८० बुधबार
गणतन्त्र: एक बकपत्र

*सिताराम थापा
देसमा कालाेपाेतियकाे अनुसार सल्बलाउन थालेपछि
देशि - बिदेसि प्रतिक्रिबादी शाषकहरुले ढाड सेकाएपछि
जिवनकाे आहुति दियर हिडेका थिय महिला र दलित जनजाति युवाहरुकाे ताति,! 
हिडेका थिय असरल्लै जीवन वा मृत्यूकाे बाजि थापेर भाति भाति !

अंधकार एकांकि उजाड मरुभूमिकाे पाखाहरुमा बाझाे जमिन भयाे भनेर, धर्ति सिंच्दा खान पाईएन भनेर,

राेजगारीकाे अभाबले मुग्लान धपाए भनेर, शिक्षा स्वास्थ्य धनि र गरीबकाे भयाे भनेर, !

यस्लाई भत्काउन र बदल्न हिडेका थिय, सबै संरचनामा सबै मानिस अटाउन! 
तर कहाँ अटायाे, कहाँ हटायाे, कहाँ खटायाे खाेजि जारी छ।
घर परिवार लालाबाला छाेडि हिडेकाे थिय, सुन्दर बिहानि ल्याउने भाकामा,!

 आखाकाे आँसु र हासाेकाे भाकामा, बाउ आमाकाे काखा छाडि डाडा पाखाकाे हुरी चराकाे आखामा!! 
कयाै लडाईमै छुटे, कयाै अकालमै आहुति दिय, कयाै, तप तप आलाे रगतकाे टाटाहरुमा घाईते भए, पिडित भय,! 
कहाँ पुगे कहाँ गय बेपत्ता भय, पिडित भय खाेजि जारी छ।
सत्य वा असत्य भाकामा !! 

बाटाे हिडिरहेका अबाेध बाला र मानिसहरु तेस्सै ज्यान दिय,
कयाै रगतकाे फाल्साहरसमा डुब्दै अजम्मरी बाटाे राेजे।
सुदखाेरहरु  तिनकाे नालि हड्डि लिलाम गरेर धनपति भय,
सफेद सफा अनुहारहरु नेता नेतृत्वमा पुगे,! 

हिँडेका थिए मानिसहरु बारुदको कमिज उनेर गुराँस फुल्ने पाखोमा ल्याउँला उज्यालो बिहानी भनेर। 
हिडेकाहरु कैयंन लडाइमै छुटे,रगतको फाल्सामा डुबेर- अजम्बरी बाटो रोजेर।
जे हाेस पिधकाे आवाज र भूई बहादुर मानिसकाे जीवन संग जीवन साटेर आयकाे न हाे गणतन्त्र!

तर खाेजि भईरहेछ भुई मानिस र पिधका आवाज बिहिन हामी लाई खई गणतन्त्र? खई समानता, खई न्याय, खई जीवन?
गणतन्त्र लाेकतन्त्र आज धुमिल मलिन भएकाे आभाष भईरहेछ, बिकल्प खाेजिरहेछ।

* थापा बरिष्ठ संबाददाता एवं लेखक हुन्।