शुक्रबार, कार्तिक ७ गते २०८३

विद्यालय तहमा नवदुर्गा सहकारीको वित्तीय साक्षरता अभियान, कार्यक्षेत्र भित्रका सबै विद्यालयमा सञ्चालन गर्ने

माघ २९, २०८० सोमबार
विद्यालय तहमा नवदुर्गा सहकारीको वित्तीय साक्षरता अभियान, कार्यक्षेत्र भित्रका सबै विद्यालयमा सञ्चालन गर्ने
 
 
भरतपुर, चितवन।
 
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले भरतपुरका बिभिन्न बिद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । भरतपुर-५ स्थित  कैलाशनगर माध्यामिक बिद्यालय  र राष्ट्रीय मावि तोरीखेत विद्यालयका कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको  जनाएको छ। कार्यक्रममा ७० जना विद्यार्थी सहभागी रहेका थिए ।
 
विद्यालयस्तरमा वित्तीय साक्षरता कार्यक्रम चितवन जिल्लामा पहिलो कार्यक्रम रहेको र यो कार्यक्रम आफ्नो कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण शिक्षण संस्था, स्कुल  कलेजमा  संचालन गरि वित्तीय साक्षरताको ज्ञान  बिद्यार्थीलाई स्कुले जीवन देखिनै दिदै लैजानाले  उदेश्य संस्थाको रहेको छ । वित्तीय ज्ञानले बचत गर्ने वानीको विकास गर्ने र आर्थिक रूपले भविष्य संकटमा नपर्ने   संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । स्कुल स्कुलमा वित्तीय साक्षरतालाई अभियानको रूपमा लैजाने अध्यक्ष सापकोटाले बताए । 
 
कार्यक्रमको अध्यक्षता गरेका सापकोटाले कार्यक्रमको बारे प्रकाश पारेका थिए भने उक्त स्कुलका प्रधानाध्यापक करूणाकर पण्डितले यस्तो वित्तीय साक्षरता कार्यक्रम बिद्यालय स्तरमा एकदम उपयुक्त रहेको र समयसापेक्ष नवदुर्गाले यस्तो कार्यक्रम संचालन  गरेकोमा  धन्यवाद  दिए। बिध्यालयमा पनि आयोजना गरी आफ्नो छात्र छात्रालाई निकै महत्वपुर्ण ज्ञान दिएकोमा  सहकारी संस्थाप्रति उनले आभार प्रकट गरे। संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरता बारे सहजीकरण गरेका थिए । वित्तीय साक्षरता कार्यक्रममा राष्ट्रिय मावि तोरीखेतका शिक्षकशिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरूको सहभागिता रहेको थियो । 

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता