बुधबार, भाद्र ३ गते २०८३

८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स


माघ २८, २०८० आइतबार
८० प्रतिशत हकप्रद सेयर निष्कासन  गर्दै हिमालयन रिइन्स्योरेन्स

हिमालयन रिइन्स्योरेन्स कम्पनीले  ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि  आगमी फिागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।