बुधबार, भाद्र ३ गते २०८३

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने


माघ २५, २०८० बिहीबार
हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

हिमालयन एभरेष्ट इन्स्योरेन्सकोे ३०औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् । 

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।