दलित तथा महिला जन प्रतिनिधिहरुकाे बहु आयामिक नेतृत्व क्षमता बिकासकाे लागि बागलुङ जिल्लाकाे जैमिनि नगरपालिकाकाे आयाेजनामा नेतृत्व क्षमता बिकास तालिम सम्पन्न भयकाे छ।
क्षमता बिकासकाे लागि दिईएकाे तालिमकाे बिषयहरुमा मानबकाे सामाजिक बिकासमा दलित र महिला लाई विभेद हुनुकाे ऐतिहासिक कारण र बर्तमान अवस्था, दलित र महिलाहरुकाे समस्या, संबैधानिक र कानुनि अधिकार, समाबेशि अधिकार, याेजना निर्माण प्रकृया र चरणहरु, स्थानिय तहकाे सरकारकाे जन प्रतिनिधिकाे भूमिका र नेतृत्व बिकासकाे बारेमा अभिमुखिकरण प्रशिक्षण दिईएकाे थियाे।
तालिमकाे समानमा बाेल्दै जैमिनि नगर उप-प्रमुख हरीहर शर्माले मुलुकमा जनप्रतिनिधिहरुकाे याेगदान भूमिका र भ्रष्ट्रचार रहित शुसासन सहितकाे नमुना नगर बनाउन एक भयर लागि पर्न आग्रह गर्नु भएकाे थियाे।

शर्माले भाैतिक बिकास भन्दा मानबिय बिकास,शुसासन जनप्रतिनिहरु माथि जनता प्रति उतरदायि भएर भूमिका खेल्न आग्रह गर्दै सिकेकाे कुराहरु ब्याबहारमा लागू गर्न आग्रह गर्नु भयाे।
यसै गरि जैमिनि नगर कार्यकारी अधिकृत हरी बहादुर भुजेलले नगरकाे स्थानिय दलित र महिला प्रतिनिधिकाे क्षमता बिकास अनुसार काम गर्न र आगामि दिनमा अझ ब्यवस्थित क्षमता बिकास तालिम गर्दै जाने बताउनु भयाे।
तालिमकाे जन प्रतिनिधि शान्ता नेपाली सुनिता परियार र लाल बहादुर परियार लगायतले तालिममा सिकेकाे ज्ञान लागू गर्ने, बाग्लुङ नगरपालिका र काठेखाेला गाउपालिका लाई पनि सहभागी गराई घुलमिल गरायकाे र नया कुरा सिकायकाे तर अझै दलित र महिलामुखि तालिम लामाे अवधिकाे भय ब्याबहारीक हुने बताएका थिय।
तालिममा प्रशिक्षण एवं सहजिकरण मानव अधिकारकर्मि एवं नागरिक अभियान्ता सीताराम थापा, पुर्व महिला बिकास अधिकृत एवं अधिबक्ता लक्ष्मी जिसि कार्कि, नगरका लेखा अधिकृत सुर्य बहादुर बि.क.,जेसिस अगुवा
लगायतले तालिमकाे बिषय बस्तुमा सहजिकरण गर्नु भएकाे थियाे।
तालिमकाे सहभागिहरुले तालिमले नेतृत्व क्षमता बिकासमा सहयाेग पुगेकाे बताए। सहभागिले आगामि दिनमा लामाे अवधिकाे बिषयगत तालिमहरु दियर जनप्रतिनिधि र वार्डकाे दलित महिला यूवा अगुवाहरुकाे क्षमता बिकास गर्ने रणनिति र याेजना बनाई कार्यान्वयन गर्न आग्रह गरेका थिय।
*थापा विशेष प्रतिनिधि एवं लेखक हुन् ।
सीताराम थापा