गण्डकी प्रदेसकाे बागलुङ नगरपालिका - २ हल्लन चोक मूख्य बजारको दुई वटा घरमा दिउँसै चोरी भएको र प्रहरी लाई चाेर प्रक्रन सिसि क्यामरा नहुनु ठूलाे कमजाेरी भयकाे छ।
मूख्य बजनरमै स्कुटर चाेरेर भाग्ने दुस्प्रयास पनि भएकाे छ। यसरी दिन दहाडै मानिसकाे भिडमै चाेरी बढ्न थालेपछि मानिसहरु अभाब गरिबी, आर्थिक मन्दि, कुलत र खराब संस्कारकाे कारण खाेज्न थालेका छन। जे भए पनि उक्त स्थानमा सिसी क्यामरा नहुँदा चोरको गतिविधि सिसी क्यामरामा कैद हुन पनि पाएकाे छैन र यसरी समस्या खडा भएकाे छ ।
सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई पहिला सहज भएको थियो । बजारको कतिपय ठाउँमा राखिएको सिसी क्यामेरा बिग्रेर नफेरेपछि कतिपय ठाउँमा सिसी क्यामरा नहुँदा बजारमा पसल चोरी हुने र आपराधिक घटना बढ्दै गएको पाइएको श्राेतले जनाएकाेछ।
व्यवसायी उमेश गौतमको कोठाबाट डेढ तोला सुन, ४ तोलाको पाउजु र ५ वटा चाँदीको सिक्का दिउँसो करिब २ बजे चोरी भएको छ। हल्लन चोकस्थित व्यवसायी तेज प्रसाद शर्माको पसलको तेस्रो तलाबाट चोरले ६० लाल सुन र १५ तोला चाँदीको गहना चोरेको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएकाे छ।घटनामा संलग्न व्यक्तिहरु खाेजि र प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । बजारमा चोरी डकैतीका घटना नियन्त्रणका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या भएको र चाेरीकाे कारण खाेजि गर्नु राज्यकाे दाषितेव भयकाे सबैकाे धारणा रहेकाे छ।
चोरी डकैतीका घटना बाहिर ल्याउन र न्यायिक फैसलाकाे प्रमाण जुटाउन सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरेकाे न्यायलयकाे भर पर्दाे प्रमाण र नजिर रहेकाे छ। अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ ।
दश वर्षअघि जडान गरिएका सिसी क्यामेराका कारण केही वर्षसम्म बागलुङ बजार क्षेत्रमा खुला मापसे गरेर हिँड्ने, झगडा गर्ने, पाकेट मार्ने तथा रातिको समयमा बजार क्षेत्रका पसल फुटाएर चोरी हुने, भुस्या कुकुरले टाेक्ने लगायत सबै खाले समस्या नियन्त्रण भएकाे थियाे तर अहिले बढेकाे नागरिक समाजकाे अगुवाहरुकाे ठम्याई छ।
* थापा विशेष संबाददाता एवं लेखक।
नेपालपत्र संवाददाता