शुक्रबार, कार्तिक ७ गते २०८३

 हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा  लाग्ने जरिवाना छुट दिने


माघ १६, २०८० मंगलबार
 हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा  लाग्ने जरिवाना छुट दिने


हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा  छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ । 

विभिन्न मितिमा बीमा गराएका तर तीन वर्षभन्दा माथि व्यतित बीमालेख यही माघ १६ गतेदेखि २५ गतेभित्र नवीकरण या पुनर्जागरण गर्दा जरिवाना छुट हुनेछ ।

कम्पनीका अनुसार ३ वर्षसम्मको व्यतित बीमालेखमा शतप्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्ष देखि माथि २५ प्रतिशत ब्याज तथा जरिवाना छुट दिने भएको हो ।