एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड” ७ करोड ८५ लाख कित्तामाथि आवेदन परेको छ । बन्दमुखी उक्त योजनाका लागि रु. १ अर्ब रकम बराबरको १० करोड इकाईहरु प्रति इकाई अंकित मूल्य रु.१०/– दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला रहेको छ ।
माघ १२ गतेसम्ममा करिब ३५,३०० जना आवेदकहरुले ७८५,८१,५२० इकाई खरिदका लागि आवेदन दिइसकेको जनाइएको छ । त्यसमध्ये ३,८५७ जना आवेदन मार्फत शेयर खरिदका लागि माग भएको १,३०,६०,८७० इकाईहरु भने रद्द भएको छन् ।
फण्ड निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्म खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको क्यापिटलले जनाएको छ ।