शुक्रबार, कार्तिक ७ गते २०८३

चिनीया उपमन्त्री सुन हेयान नेतृत्वको प्रनिधि मण्डल नेपाल आउँदै


माघ ११, २०८० बिहीबार
चिनीया उपमन्त्री सुन हेयान नेतृत्वको प्रनिधि मण्डल नेपाल आउँदै

काठमाडौँ । भोली माघ १२ गते शुक्रबारक चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल चार दिने नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् ।  
मालदिभ्सको भ्रमण सकेर गएको मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरेकी थिइन् । 
ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ ।