शनिबार, कार्तिक ८ गते २०८३

हसना भास्तिपुरको साकोसको १५औं साधारणसभा, १ अर्ब ७५ करोडको वासलात


माघ ४, २०८० बिहीबार
हसना भास्तिपुरको साकोसको १५औं साधारणसभा, १ अर्ब ७५ करोडको वासलात

हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणकृष्ण महर्जनको सभापतित्व एवं नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा भएको हो । 

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । २०८० असार मसान्तसम्म संस्थाको शेयर ७ करोड ६० लाख, बचत संकलन १ अर्ब ४६ करोड २८ लाख, कर्जा लगानी १ अर्ब ५३ करोड ६९ लाख सहित कुल वासलात १ अर्ब ७५ करोड ७४ लाख पुगेको छ । 

सभामा उत्कृष्ट ६ जना कारोबारी सदस्य, १० वर्ष अवधि पूरा गरेका कर्मचारी, सामुदायिक विद्यालयबाट ०७९ सालको एसईईमा उत्कृष्ट भएका ४ जना विद्यार्थी तथा जेसिसमा आवद्ध २ जनालाई सम्मान गरिएको थियो । 

सभाकै दिन दृष्टि आइ केयरको सहयोगमा आँखा शिविर सञ्चालन गरिनुुकासाथै मोतिविन्दु छनौट समेत गरिएको संस्थाका व्यवस्थापक सम्पूर्ण महर्जनले जानकारी दिए।

संस्थाले ज्येष्ठ सदस्य क्लब गठन गरी संस्थाका जेष्ठ सदस्यहरुबीच समन्वय र सकृय तुल्याउँदै आएको छ । त्यसैगरी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम सुचारु गरिरहेको छ। स्टार हस्पिटल, दृष्टि आइकेयर र सीजी इलेक्ट्रोनिक्ससँग सहकार्य गरी सदस्यहरुलाई विविध प्रकारका सेवा प्रदान गर्दै आइरहेको छ।

hasana vastipur 1.jpg