शुक्रबार, कार्तिक ७ गते २०८३

भक्तपुर बचत संघको आयोजनामा ऋण व्यवस्थापन तालिम


पौष २९, २०८० आइतबार
भक्तपुर बचत संघको आयोजनामा ऋण व्यवस्थापन तालिम


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ऋण व्यवस्थापन तालिम दिएको छ । संघके वित्तीय सेवा प्रवन उपसमितिको आयोजनामा तालिम सम्पन्न भएको हो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तालिमबाट सिकेको कुराहरू सहकर्मीलाइ सिकाउने र संस्थामा पनि लागु गर्न आफ्‌नो सञ्चालक समितितर्फ राख्नुपर्ने उल्लेख गरे । तालिमबाट सैद्धान्तिक र व्यवहारीक सिकाइ प्राप्त भइ सक्षम र अब्बल बनाउन सहयोग गर्ने उनको धारणा थियो ।

संघका कोषाध्यक्ष कान्छा भक्त धजुले तालिमबाट संस्थाहरूमा ऋण व्यवस्थापनमा सहज हुने भन्दै विश्वका असल अभ्यास सिक्नुको साथै ऋण वगीर्करण गरी लगानी र लगानी भएका ऋणीहरूको समय समयमा निरीक्षण गर्नु आवश्यक रहेको औल्याए ।

प्रशिक्षक बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले तालिमले सहकारीलाइ सही ढंगले संचालन गर्न टेवा पुर्याउने जनाए । विभिन्न प्रयोगात्मक उदाहरणमार्फत् ऋणको परिचय, उद्देश्य, जोखिम व्यवस्थापन, क्षमतामा आधारित ऋण लगानी, ऋण मुल्याङ्‌कन गर्ने विधि, ऋण वर्गिकरण, भाखा नाघेको ऋण व्यवस्थापन, भाखा नाघेको ऋण असुलीका विषयमा विस्तृत जानकारी उनले दिए ।

ऋण व्यवस्थापनमा ६–सि विश्लेषण, नीतिनियमको पालना गनुपर्ने भन्दै प्रशिक्षक दाहालले जोखिमबाट मुक्त हुन नसकिने तर त्यसलाइर न्यूनिकरण गर्न सकिने उल्लेख गरे । ऋण दिएर मात्र समस्याको हल नहुने त्यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने, तमसुकमा प्रमाणीकरण गर्नुपर्ने र सहकारी अभियानको नीति अनुरूप ऋण प्रवाह गर्नुपर्ने दाहालले बताए । तालिममा २९ वटा संस्थाहरूबाट ३३ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।