शनिबार, कार्तिक ८ गते २०८३

सहकारीको बचत दुरुपयोग गर्ने  जाेकाेही कानुनको कठघरामा आउने

पौष २२, २०८० आइतबार
सहकारीको बचत दुरुपयोग गर्ने  जाेकाेही कानुनको कठघरामा आउने

अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने  जाेकाेही कानुनको कठघरामा आउने बताएका छन् । पाल्पामा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सव तथा २५औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री महतले बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरू एकक्षणका लागि कानुनको दायराबाट भागे पनि सधैँ भाग्न नसक्ने भन्दैै सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरू कानुनको कठघरामा अवश्य आउने उल्लेख गरे । 

सहकारीमा नियामक निकाय नभएका कारण कतिपय संस्थामा समस्या देखिएको जनाउँदै सहकारी हेर्ने छुटै नियामक निकाय गठनको प्रक्रिया अगाडि बढेको बताए। उनले भने “‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रक्रिया अगाडि बढेको छ । हामी सबै हेर्न सक्दैनौँ राष्ट्र बैङ्कले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैङ्कभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियामक निकाय गठनको तयारीमा हामी गइरहेका छौँ ।’’

रामपुर ७, पाल्पामा अवस्थित २०५५ सालमा स्थापित अन्धकारमुकित साकोसमा करिब ११ हजार सदस्य रहेका छन् । संस्थासँग १५ करोड रुपैयाँ सेयर पुँजी रहको छ भने कुल सम्पत्ति डेढ अर्ब माथि रहेको छ । 

लुम्बिनी प्रदेश सभा सदस्य माननीय राजु प्रसाद श्रेष्ठ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको विशिष्ट आतिथ्यमा संस्थाकाे रजत स्मारक अनावरण, साधारणा सभा तथा रजत जयन्ती बिशेष समारोह सम्पन्न गरेकाे हाे।

andhakar mukti saccos.jpg