बुधबार, भाद्र ३ गते २०८३

केन्द्रीय पर्यटन सहकारी संघमा नयाँ नेतृत्व, सहकारीमार्फत पर्यटन प्रवर्द्धनलाई गति दिने

भाद्र २८, २०७८ सोमबार
केन्द्रीय पर्यटन सहकारी संघमा नयाँ नेतृत्व, सहकारीमार्फत पर्यटन प्रवर्द्धनलाई गति दिने

 

नेपाल केन्द्रीय पर्यटन सहकारी संघको अध्यक्षमा अध्यक्ष रामशरण शर्मा घिमिरे चयन भएका छन् । संघको साधारणसभाले प्राकृतिक पर्यटन सहकारी संस्था गोटीखेल ललितपुरका अध्यक्ष घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । 

संघको उपाध्यक्षमा शिव कट्टेल, महासचिवमा देवराज पराजुली , कोषाध्यक्षमा रणबहादुर खड्का, सचिवमा प्रेमभक्त महर्जन रहेका छन् । त्यसैगरी  सञ्चालक समिति सदस्यमा लक्ष्मण यादव, जवाहरलाल यादव, प्रमेश्वर यादव, हरिशरण गिरी, सुकुमाया लामा, रामकृष्ण भण्डारी, मञ्जली शाक्य बज्राचार्य, तेज बहादुर खड्का, नरबहादुर महतो र भाग्यराम महर्जन रहेका छन् । 

संघको लेखा सुपरिवेक्षण समितिको संयोजकमा तेजबहादुर बोहोरा र सदस्यद्वय गिता मिश्र र कृष्णबहादुर तिलिजा पुन चयन भएका छन् ।  

राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, वर्तमान अध्यक्ष मीनराज कंडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

लामो समयदेखि संघको साधारण सभा हुननसकिरहेको अवस्थामा सम्पन्न सभा र नयाँ नेतृत्व चयनले सबैमा आशा जगाएकोले नयाँ भिजन र मिसनका साथ अघि बढ्ने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । २०७१ सालमा नै संघ गठन भएतापनि ७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना महामारीका कारण संघले क्रियाकलाप सुचारु गर्न सकेको थिएन । उनले भने ‘पर्यटनको प्रचुर सम्भावना भएको मुलुकमा सहकारीमार्फत पर्यटन प्रवर्द्धन गर्न ढिलाई भइसक्यो भन्ने निष्कर्षका साथ अघि बढेका हौं ।’