शनिबार, आश्विन १७ गते २०८३

कोभिड –१९ का कारण रोजगारी गुमाएका श्रमिकले पाए जिबिकोपार्जनको अबसर

भाद्र २७, २०७८ आइतबार
कोभिड –१९ का कारण रोजगारी गुमाएका श्रमिकले पाए जिबिकोपार्जनको अबसर

 

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जिविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कोभिड–१९ का बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी कार्यक्रम  ल्याइएको छ । यत कार्यक्रमको कार्यान्वयका लागि होटल संघ  र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा शुभारम्भ गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष शाहले यस कार्यक्रमको सराहना गर्दै प्रभावित श्रमिकहरुलाई दशैं अगाडि केही राहत पुग्ने र काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सहयोग पुग्ने बताए ।  यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न सक्ने गरी योजना बनाइएको पनि उनले जानकारी गराए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग हुने विश्वास दिलाए । कार्यक्रममा नेपाल पर्यटनबार्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, ट्रेड युनियनको तर्फबाट वंशी भट्टराईले आफ्नो धारणा राखे  थिए । संघका महासचिव साजन शाक्यले धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाहले श्रमिकहरुलाई सावेल उपलब्ध गराई कार्यक्रमको शुभारम्भ गरिएको हो ।