शुक्रबार, कार्तिक ७ गते २०८३

मुलुकको व्यापार घाटा ५ खर्ब ७९ अर्ब माथि

पौष ९, २०८० सोमबार
मुलुकको व्यापार घाटा ५ खर्ब ७९ अर्ब माथि

चालु आर्थिक वर्ष २०८०\८१ को पाँच महिना अर्थात मंसिर महिनासम्ममा मुलुकको व्यापार घाटा पौने ६ खर्ब पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख व्यापार घाटा व्यहोरेको हो ।गत वर्षको सोहि अवधिमा नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो। 

मंसिर महिनासम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार ३.६४ प्रतिशत रहेको छ । आर्थिक गतिविधि बढ्न नसक्दा मंसिर महिनासम्ममा आयात तथा निर्यात दुवै घटेका छन। यस अवधिमा आयात ३.३९ प्रतिशतले घटेको छ भने निर्यात ६.०९ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार मंसिर महिनासम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।