नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कुन)को ३२औं साधारण सभामा लेखा सुपरिवेक्षण समिति सदस्य(महिला) तर्फ उमेदवारी दिएकी शुभद्रा नेपालको उमेदवारी कायम रहने भएको छ ।
यस अघि निर्वाचन उप–समितिले उमेदवार नेपालमाथि परेको उजुरी जाँचबुझ गर्दै निज प्रारम्भिक संस्थाको सञ्चालक भएको एक वर्षमात्र भएको भन्दै उमेदवारीको योग्यता नपुगेको घोषणा गरेको थियो ।
तर निज उमेदवार नेपालले आफु योग्य रहेको प्रमाण रहेको तर प्राविधिक कारणले समयमा उपलब्ध गराउन छुटेको पाइएको र निज उन्नतिशील महिला बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष रहेको देखिएकोले निर्वाचन समितिले अन्तिम उमेदवारी सूचिमा उनको नाम कायम राखेको हो ।
यसपछि उक्त पदमा दुर्गा तिवारी सञ्जेल र शुभद्रा नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालपत्र संवाददाता