सगुन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रबिन्द्र राणा मधेश प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून )को ३२ औं साधारण सभामा उनलाई नगद सहित सम्मान गरिएको छ । नेफ्रस्कूनले ३६ औं स्थापना दिवसको अवसरमा उनलाई उत्कृष्ट व्यवस्थापक रुपमा घोषणा गरेको थियो ।
व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका राना २०६५ सालदेखि सहकारी क्षेत्रमा रहेर काम गर्दै आएका छन् । ०६५ सालमा सगुन सहकारीमा उपसहायक पदबाट आफ्नो करियर सुरु गरेका रानाले सोही संस्थामा बचत तथा ऋण सहायक,वरिष्ठ सहायक,विभागिय प्रमुख, निमित्त व्यवस्थापक हुँदै २०७७ सालबाट भने व्यवस्थापकको रुपमा कार्य कार्य गर्दै आएका छन् । सहकारी क्षेत्रमा उर्जाशील र अध्ययनशील व्यक्तिका रुपमा रहेका रानाले सहकारी सम्बन्धी थुप्रै तालिममा सहभागी भएर आफुलाइ अब्बल बनाउने प्रयास गरेका छन् ।
उनले प्लर्स, लेखा व्यवस्थापन र सहकारी प्रशिक्षण केन्द्रबाट व्यवसायिक योजना निमार्ण जस्ता थुप्रै तालिम लिएका छन् भने सहकारी बैंक ,नेफस्कून र सहकारी महासंघले संञ्चालन गरेका तालिमहरुमा सहभागी भएर सहकारी संस्था सञ्चालनका बारेमा ज्ञान हाँसिल गरेका छन् । सहकारीको माध्यमबाट समाजको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव भएको उनले बताए । जीवन निरन्तर सिकाइको प्रक्रिया रहेको बताउने राना अरु संस्थाहरुले गरेका राम्रा कामहरु अनुशरण गर्दै संस्थामा लागू गर्ने गरेको बताए ।
नेपालपत्र संवाददाता