आइतबार, आश्विन १८ गते २०८३

प्राग गोली काण्ड दुःखद घटना : महासचिव गुटेर्रेस


पौष ६, २०८० शुक्रबार
प्राग गोली काण्ड दुःखद घटना : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसंघ । चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले  आफू स्तब्ध भएको बताएका छन् ।

यस सम्बन्धमा महासचिव गुटेर्रेसले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि जनाएका  छन् ।

चेककाे राजधानी प्रागमा अबस्थित चार्ल्स युनिभर्सिटीमा बिहीबार एक सन्दिग्ध मानिसले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए । चेक सरकारले बिहीबार राति गोलीकाण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिन शोकको घोषणा गरेको छ ।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button