उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो ५ माहिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा अवधिमा १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, २१ वटा उद्योगरप्रतिष्ठानहरुले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लागानी भित्र्याएका छन् । चालु आर्थिक वर्षको मंसिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागले जनाएको छ ।