शुक्रबार, कार्तिक ७ गते २०८३

प्रभु महालक्ष्मी लाइफले हकप्रद शेयर जारी गर्ने


पौष २, २०८० सोमबार
प्रभु महालक्ष्मी लाइफले  हकप्रद शेयर जारी गर्ने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोके बमोजिम ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्न  १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रूपैयाँको आधारमा १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

प्रस्तावित हकप्रद शेयर नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक स्वीकृति पछि आगामी वार्षिक साधारण सभाबाट पारित हुनेछ । त्यसपछि मात्र नेपाल धितोपत्र बोर्डमा निष्कासन प्रकृया अघि बढ्नेछ ।