
—लोकनारायण सुबेदी
नेपालमा आज राष्ट्रियता, राष्ट्रिय सार्बभौमिकता, जनतन्त्र र जनजीबिकाको प्रश्नहरु अत्यन्तै गम्हरुभीररुपमा उठेको छन् र पहिले कहिल्यैभन्दा बढी जटील र पेचिलो बनेको छन् । किनभने पछिल्लो समय सरकारमा कम्युनिष्ट नाम गरेको दल थियो । त्यो सरकार भएको बेलामा पनि देशमा निरन्तर साम्राज्यबादी दख्खल, हस्तक्षेप, दबाब र थिचोमिचो बढिरहेकै थियो । त्यसलाई बिस्थापित गरेर अहिले बनेको अर्ध–कम्युनिष्ट–अर्ध–काँग्रेसको सरकारले पनि स्थितिमा कुनै सुधार र सकारात्मकता ल्याउने कुनै छाँटकाँट छैन । बरु नेपालको स्वाधीनता र सार्बभौमिकतामाथि नै गम्भीर आँच पुगिरहेको छ र यो अझ बढ्ने खतराका सामुमा देश खडा छ । हुन पनि जुनसुकै पनि बहानामा एउटा कम्युनिष्ट या काग्रेस नामको पार्टीले साम्राज्यबादको अगाडि घुँडा टेक्ने र आत्मसमर्पण गर्ने दिशा लिनु कम गम्भीर र कम लज्जास्पद कुरा होइन । वास्तवमा त्यसो गर्नु ती पार्टी बिशेषका निम्ति र देशकै निम्ति पनि कलंकको टीका बाहेक अरु केही होइन र हुन सक्तैन । यो सरासर साम्राज्यबादका अगाडि लम्पसार पर्ने बाहेक अरु केही कुरा हुँदै होइन र हुन सक्तैन ।
वास्तवमा अहिले नेपालमा तीब्ररुपमा बिरोध भइरहेको र चर्चित बनिरहेको अमेरिकी माइलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)को जुन घोषित, अघोािषत लक्ष र उदेश्य छ र त्यस सम्झौताका जे जस्ता खतरनाक शर्तहरु रहेका प्रावधानहरु छन् ती सबैले ती सबैले नेपाललाई यथार्थतः अमेरिकी सुरक्षा र अमेरिकी राष्ट्रिय हितको मातहतमा राख्दछन्, नेपालको सार्बभौमिकतालाई सरासर लत्याउँदछन् । अनि नेपालको संबिधान, संसद र कानुनको धज्जी उडाउँदछन् । त्यस प्रकारका राष्ट्रियरुपमा घोर अपमानजनक सम्झौता गरेर ५ बर्षमा ५५ अर्ब नेपाललाई अनुदान आउने नाममा ठाडै र प्रत्यक्ष परोक्षरुपमा समेत यसरी अमेरिकी साम्राज्यादी शर्त र स्वार्थको निमित्त ज्यूज्यानले लागिपर्ने कुरा कुनै पनि कम्युनिष्ट तथा लोकतन्त्रको माला जप्ने कुनै पनि पार्टीले सोच्न पनि सक्तैन सोच्न पनि हुँदैन ।तर बिडम्बना ! नेपालमा के सत्तापक्ष के प्रतिपक्षा यस्तो प्रकृतिको हस्तक्षेपकारी खतरानाक एबं राष्ट्रघाती एमसीसी सम्झौतालाई जसरी पनि संसदबाट पारित गराउने कुरामा जोडतोडले लागि परेका छन् । ४०० केभीको बिद्यूत ट्रान्समिशन लाइन र बाटो निर्माण गर्ने भनिएको जुन एमसीसी परियोजना छ, त्यसैको इकाई एमसीए नेपाल बनाएर नेपालमा कार्यान्वयन गर्न खोजिदैछ र अबैधरुपमा गरिदैछ, त्यसले नेपाल र नेपाली जनता सिधै अपमान र दासताको पीडा बाहेक अरु केही दिदैन । यो कुरा हामीलाई श्रीलंका, ताञ्जानिया, माडागास्कर, माली, मलावी र कोसोभो आदि देशका पछिल्लो अनुभवले पनि प्रष्ट पारिसकेका र पारिरहेका छन् । नब औपनिबेशिक दासताको यो नयाँ जञ्जीरले बाँधिए पछि नेपालले आफ्नो सत्व, स्वाधिनता, स्वाभिमान सबै कुरा गुमाउँदछ । नेपाल नब औपनिबेशिक अँध्यारो सुरुङ्गभित्र जाकिन पुग्दछ । यसै परिप्रेक्षमा राष्ट्रियता र राष्ट्रिय सवाधीनताको पक्षमा कमरेड पुष्पललाको बिचार के कस्तो रहेको थियो र त्यो आज कत्तिको सान्दर्भिक छ हेरौं !
कमरेड पुषलालले आफुले ग्रहण र आत्मसात गरेको सर्वहारा बर्गीय माक्सबादी बिश्व दृष्टिकोणबाट नै हाम्रो देश नेपालको राष्ट्रियता र जनतन्त्रको प्रश्नलाई पनि हेर्नु र केलाउनु भएको थियो । राष्ट्रियताको प्रश्नको कुरा गर्दा माक्र्सवादी–लेनिनवादीहरुले सबै प्रकारका बाह्य थिचोमिचो, दवाव तथा दख्खल हस्तक्षेपबाट मुक्ति तथा राष्ट्रोन्नतिका निमित्त निर्वाध स्वतन्त्र परिवेशको सुनिश्चिताको अर्थमा लिनुपर्ने उहाँले प्रष्टपार्नु भएको छ । राष्ट्रहरुको उदीयमान अबस्थामा राष्ट्रियताको सवालले बाह्य देशहरुको प्रत्यक्ष या परोक्ष उत्पीडन र देशीय सामन्तबादको शोषणको बिरुद्ध संघर्षरत रहनुपर्ने वास्तविकतालाई प्रमुखता दिनुपर्ने हुन्छ भन्ने मान्यता उहाँले अघि सार्नु भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीको गठन गर्दा नै उहाँले नेपालका प्रमुख तीनवटा समस्यालाई राष्ट्रियरुपमा प्रष्टसँग अघि सार्नु भएको थियो । ती तीन समस्या थिए – देशीय सामन्तबाद, एंग्लो–अमेरिकी साम्राज्यबाद र भारतीय एकाधिार पूँजीवादको दबा, थिचोमिचो र उत्पीडनबाट नेपाललाई मुक्त गर्नु । यी तीनवटा समस्याबाट मुक्त नभइ नेपालले स्वतन्त्रता, स्वाधीनता, समुन्नति र शान्ति प्राप्त गर्न सक्तैन र नेपालको सार्बभौकिता र सार्वभौमिक अखण्डता पनि कायम रहन र सुदृढ बन्न सक्तैन भन्ने उहाँको एकदमै प्रष्ट र खुलस्त बिचार थियो ।
त्यसैले आजको साम्राज्यवादको बोलबाला भएको युगमा अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक देशका जनताहरुको मुक्ति आन्दोलनका समस्याहरु र राष्ट्र–राष्ट्र बीचका पारस्परिक अन्तः सम्वन्धका समस्याहरु पर्दछन् । यस्तो अवस्थामा अर्ध औपनिवेशिक तथा नव औपनिवेशिक देशहरुको मुक्ति आन्दोलनमा किसान समुदाय नै सबैभन्दा ठूलो जन समुदायकोरुपमा सहभागी हुने र हुनुपर्ने आवश्यकता हुनजान्छ र यस अवस्थाले गर्दा किसानहरुको बाहुल्यता भएका देशहरुमा किसान आन्दोलनले राष्ट्रियताको आन्दोलनलाई प्रमुख सवालको रुप लिएको हुन्छ । त्यसै कुरालाई बिहंगमरुपमा मनन गरी क. पुष्पालालले ‘लाखौलाख झोपडीको एकता नेपालको राष्ट्रियता हो भने ती झोपडीहरुको हक हित नै जनवाद हो’ भन्ने कुरा प्रष्ट पार्नु हुदै परम्परागत राष्ट्रियता र जनवादको बिकल्प यसरी जन केन्द्रित र जन आधारित राष्ट्रियता र जनवाद हुने कुरा प्रष्ट अघि सार्नुभएको थियो ।
आज बिश्वब्यापीरुपमा साम्राज्यवादले जसरी भूमण्डलीकरण, नीजीकरण, उदारीकरण र बजारीकरणको आधारमा आफुलाई सारा संसारका कुनाकुनासम्म उपस्थित गराएको र आफ्नो शोषण गर्ने आधार तयार पारेको छ त्यसले प्रत्येक बिकासशील र बिकासोन्मुख देशका शोषित पीडित जनता खाशगरी मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, आदिवासी, जनजाति, दलित तथा अल्पसंख्यक समुदायको जीवन निर्वाह र बिकासलाई ठूलो अवरोध पैदा गरिरहेको छ । त्यसैले बुर्जआ बर्गको महाशक्ति राष्ट्र अहंकारबाद(न्चभबत उयधभच अजबगखष्लष्कm) को प्रभूतत्ववादी आक्रामक चरित्र र स्वरुपलाई कम्युनिष्टहरुले बिरोध गर्दछन् र गर्नु पर्दछ । तर केवल अन्य देशप्रति अनास्था फैलाउने र ती देशहरुको बिकास प्रक्रियाको प्रभाबवाट आफुलाई अलग्गै राख्ने किसिमको सन्दर्भहीन सामन्ती र बिकृत बुर्जआ शैलीको कथित ‘राष्ट्रवाद’ सँग भने कम्युनिष्टहरु सहमत हुदैनन् र हुनुहुदैन । जनता र राष्ट्रलार्ई सबै किसिमले यस्तो स्थितिबाट मुक्त र आत्मनिर्भर बनाउने सचेत आन्दोलन नै वास्तवमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डतालाई सबल र सुदृढ पार्ने तथा जनतन्त्रलाई सबल र सक्षम तुल्याउने आन्दोलन हो र हुन पर्दछ । यो आम जनताको संघर्षशील, संगठित र सचेत एकताले मात्र सम्भव र सफल हुन सक्तछ । कमरेड पुष्पलालको सामन्तबाद र साम्राज्यबाद बिरोधी दिशाबोधको सार वास्तवमा यही नै हो ।