निकलो दी बर्नार्दो दी मेकियाभेली (१४६९–१५२७) इटालीका कुटनीतिज्ञ, राजनीतिज्ञ, इतिहासकार, दार्शनिक, लेखक, नाटककार, मानवतावादी चिन्तक आदि बहुप्रतिभा सम्पन्न इतिहास पुरुष हुन् । उनलाई आधुनिक राजनीतिशास्त्रका जनकका रुपमा पनि जानिन्छ ।
यिनले हास्यव्यंग्य, जात्रामा गाइने गीत र कविता पनि लेखेका छन् । उनको ‘राजकुमार’ (The Prince) नामक कृति (१५१३) आजसम्म चर्चित छ । युरोपको पुनर्जागरण युगमा उनका विचारहरू जिवन्त बहसका विषय बनेका हुनाले त्यो कालमा उनी आफ्नै तरिकाले स्थापित भए ।
उक्त पुस्तक मैले हिन्दीमा अनुदित संस्करण पढेको थिएँ २०६० सालतिर । त्यो कृति पढ्दा राजनीतिमा नैतिकताको अर्थ नहुने भन्ने मान्यतामा आधारित यिनका विचार र मान्यतालाई ‘मेकियाभेलीवाद’ संज्ञाले नकारात्मक आसयमा लिने गरिन्छ ।
उनका विचारमा सबभन्दा कडा आलोचना “अत्याचारी शासकहरूलाई जसरी भए पनि सत्ता वा शक्तिमा टाँसिइरहन सहयोग पुर्याउने खराब सल्लाह” (Evil recommendations to tyrants to help them maintain their power) हुनु हो भन्ने छ । यसै सिलसिलामा उनले सत्ता र शक्तिका लागि निर्दोष मानिस मार्ने, साम दाम दण्ड भेद मात्र होइन, छलकपट, धोका, इन्द्रजाल र तिलश्मी हत्कण्डालाई स्वाभाविक अर्थमा लिएका छन् ।
अर्कातिर जाँ जाक रुसो, डेनिस डिडेरट वा बरुक स्पिनोजा जस्ता टिप्पणीकारहरूले मेकियाभेली वास्तविक गणतन्त्रवादी भएको र आधुनिक लोकतन्त्रका संघटक तत्वको बारेमा उनले चिरफार गरेको अर्थ लगाएका छन् ।
माथि व्यक्त विचार उक्त कृति, 'The Prince' को १८औँ अध्याय (च्याप्टर) मा उल्लेखित छ । स्पष्टताका लागि यसको पूर्ण रुप :
"A prince being thus obliged to know well how to act as a beast must imitate the fox and the lion, for the lion cannot protect himself from traps, and the fox cannot defend himself from wolves. One must therefore be a fox to recognize traps, and a lion to frighten wolves."
साभार : गौतमजीको मुहारपस्तिका
चन्द्रमणि गाैतम