शनिबार, आश्विन १७ गते २०८३

तीर्थ साकोस १२औं वर्षमा प्रवेश, सदस्यलाई ३६५ दिनै सेवा दिने योजना

भाद्र २३, २०७८ बुधबार
तीर्थ साकोस १२औं वर्षमा प्रवेश, सदस्यलाई ३६५ दिनै सेवा दिने योजना

 

चाबहिल मित्रपार्कमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ‘गुणस्तरीय वित्तीय सेवा सहितको दीगो व्यवसायिक साकोस’ भन्ने परिकल्पनाका साथै मुलुकको विद्यमान गरिबी तथा बेरोजगारी समस्या समाधानमा केहि मात्रामा भएपनि टेवा पु¥याउने अभिप्रायले २०६७ भाद्र २३ गते संस्था स्थापना भएको थियो । 

विगत डेढ वर्षदेखि मुलुकमा कोरोना भाइरस महामारीबाट आक्रान्त भएको र यसबाट बच्न लगाइएको लकडाउन र निषेधाज्ञाबीचमा पनि संस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड, सहकारी विभागको मार्गनिर्देशन र सञ्चालक समितिले पारित गरेको जोखिम व्यवस्थापन कार्यविधिको पालना गर्दै महामारीका अवस्थामा पनि सदस्यहरुलाई निरन्तर सेवा दिँदै आएको अध्यक्ष अनन्त श्रेष्ठद्वारा जारी स्थापना दिवस सन्देशमा भनिएको छ । 

संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमा जोड दिँदै तीर्थ मोबाइल बैंकिङ सेवाका साथै क्यूआर कोड वितरण गरेको उनले उल्लेख गरेका छन् । त्यसैगरी आगामी दिनमा प्रविधिको उच्चतम प्रयोग गरी आफ्नो बचत खातामा रहेको रकम हेर्न र नगदरहित कारोबार गर्न सदस्यहरुलाई उनले अपील गरेका छन् । 

सेवालाई परिष्कृत गर्दै निकट भविष्यमा ३६५ दिन नै कार्यालयबाट वित्तीय सेवा प्रदान गर्ने योजनासहित संस्था अगाडि बढेको उनले जानकारी गराए । 

संस्थालाई हालको अवस्थासम्म सफलतासाथ ल्याउन सहयोग गर्ने सदस्य, सञ्चालक, कर्मचारी, विभिन्न समिति, उपसमिति सदस्यहरु, सल्लाहकार, शुभचिन्तक, सहकारी संघसंस्था तथा नियामक निकायप्रति संस्थाले हार्दिक आभार प्रकट गरेको छ ।