शुक्रबार, कार्तिक ७ गते २०८३

.....सरकारले आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ-सुब्बा कृष्णलाल अधिकारी


मंसिर ४, २०८० सोमबार
.....सरकारले आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ-सुब्बा कृष्णलाल अधिकारी
......सरकारले आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ, तर चोरडाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन्, स्वदेशी कुकुरहरू नै काम लाग्छन्........ : सुब्बा कृष्णलाल अधिकारी (पहिलो साहित्यकार सहिद)
 
‘मकैको खेती’ नामक इतिहासमा चर्चित पुस्तकको भूमिकामा उपरोक्त वाक्य उल्लेखित छ । जेलमै निधन हुनुभएको ‘पहिलो साहित्यकार शहीद’ कृष्णलाल अधिकारी (बिसं १९४४ माघ—१९८० मंसिर), जसले १९८० सालअघि १९७७ सालदेखि जेलजीवन बिताउँदा जेलमै लेख्नुभएको जागरण कविताको यो काब्यांशले आजको पुस्तालाई पनि प्रेरक आह्वान गरिरहेको छ—
संसारमा कीर्ति छ धेर ठूलो ।
कीर्तिबिना बन्दछ जीव लूलो ।
संसार छाडे पनि हेर क्वै दिन ।
आउनेछ यौटा जनतन्त्रको दिन ।
 
सो ऐतिहासिक तथा चर्चित पुस्तकमा यस्ता धेरैवटा वाक्यहरू भएकोमा चन्द्र शम्शेरको राणा शासनको व्यंग्य गरी खिल्ली उडाइएको भनी सुब्बा साहेबलाई जेल पठाईयो, जसलाई इतिहासमा ‘मकैपर्व’ भनेर जानिन्छ । एक हजार प्रति छापिएको पुस्तक ९९९ प्रति मात्र जफत हुनपाएको तर एक प्रति रहस्यमय ढङ्गले हराएपछि राणा शासनले सबै प्रति बुझाएमा तोकिएको ६ वर्ष कैदमा केही माफी मिनाहा दिने भनिएको थियो, तर जेल परेको ३ वर्षमै उहाँको देहान्त भयो ।
रामेछापतिर घर भएका सुब्बासाहेबको उक्त पुस्तक सरसर्ति पढ्दा मकैको वैज्ञानिक खेती कसरी गर्ने भन्ने सवालमा लेखिएको देखिन्छ । तर त्यसमा प्रयुक्त शब्दावली, जस्तै– ‘राता टाउके कीरा र काला टाउके कीरा’, ‘स्वदेशका कुकुर र विदेशी कुकुर’, ‘१९०३ सालदेखि भूत पसेको’, ‘दूधेबालकको लागि चन्द्रोदयभन्दा आमाको दूध असल’ आदि लाई राणाहरूले निकै आपत्तीजनक माने । राता टाउके कीरा भन्नाले चन्द्र शम्शेरले लगाउने गरेको रातो टोपीलाई र काला टाउके कीरा भनेको भीम शम्शेरले लगाउने गरेको टोपीलाई संकेत गरेको अर्थ लगाए चन्द्र शम्शेरका पण्डितद्वय रामहरि अधिकारी र भोजराज काफ्लेले।
 
मित्र श्री ज्योतिरत्न शाक्यजीको थप टिप्पणी छ :
"उच्ये कि निच्ये निचेँ कि उच्ये, कुत्ते कि बेटे गद्दी के गधा:" भन्ने उक्ति लाएर हिड्थ्यो रे यी कृष्णलाल भन्ने मान्छे, भनेर मेरो बाज्येले मलाई म सानो छँदा भनेको संम्झन्छु ।"
साभार : गाैतमजीकाे मुहारपुस्तिका