आइतबार, आश्विन १८ गते २०८३

शान्त प्रकृतिका संघर्षशील बाल साहित्यिक श्रष्टा शान्तदास मानन्धरको देहाबसान


कार्तिक २८, २०८० मंगलबार
शान्त प्रकृतिका संघर्षशील बाल साहित्यिक श्रष्टा शान्तदास मानन्धरको देहाबसान

बालबालिकाहरुलाई तपाई भनेर सम्बोधन गर्ने गराउने सँँस्कृतिको उहाले बिकास गर्नु भये । उनीहरुलाई सम्मानपूर्ण किसिमले सम्बोधन गरेपछि उनीहरुले पनि अरुलाई तपाई नै भनेर बोलाउने गर्दछन् र यसरी पनि समाज बदल्न मद्दत गर्न सकिने उहाको मान्यता थियो । 

शान्त र शिष्ट किमिसले प्रस्तुत हुने उहाको बाताशैलीबाट प्रभावित नहुने कोही थिएन । बिकास सम्बन्धि उहाको अबधारण मानब–मैत्री हुनु पर्दछ र बिकाले मानिसलाई दुःख दिने होइन, बिस्थापित गर्ने होइन, दोहन गर्ने पनि होइन उनीहरुलाई सुख सुबिधा पुर्याउने र मानबीय गरीमालाई उठाउने हो, मानिसका कला, सस्कृति र श्रमलाई सम्मन गर्ने हो भन्ने कुर उहाले बताउनु हुन्थ्यो ।
दिबंगत शन्तदास मानन्धरप्रति हार्दिक श्रद्धा सुमन !