शुक्रबार, कार्तिक ७ गते २०८३

सनराइज बैंकका २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

भाद्र २२, २०७८ मंगलबार
सनराइज बैंकका २ शाखारहित बैंकिङ्ग सेवा विस्तार

 

काठमाडौं । सनराइज बैंक लिमिटेडले प्रदेश २ को सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । 

शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी  रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । 

ती शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।