बुधबार, भाद्र ३ गते २०८३

वैज्ञानिकहरुको माग  धरतीका लागि स्वास्थ्य संकटकाल घोषित होस्


कार्तिक ११, २०८० शनिबार
वैज्ञानिकहरुको माग  धरतीका लागि स्वास्थ्य संकटकाल घोषित होस्

बिश्वभरीका बैज्ञानिकहरुले गएको बुधवार अर्थात २०८० कार्तिक ८ गते सामुहीकरुपमा संयुक्त राष्ट्र संघ, बिश्वका नेताहरु र स्वास्थ्य अधिकारीहरुसँग जलवायु परिबर्तन र जैबिक बिबिधता नोक्सानीलााई गम्भीर ध्यान दिएर बिश्व स्वास्थ्य संकटकालकोरुपमा सम्बोधन गर्न आह्वान गरेका छन् ।
 दुइ सयभन्दा बढी स्वास्थ्य तथा पर्याबरण पत्रिकाहरुद्वारा प्रकाशित रिपोर्टमा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ) सँग आग्रह गरेका छन् कि बिपत्तिबाट बच्नकाा लागि जलवायु र प्राकृतिक बिपत्तिहरुलाई एउटै संकटकोरुपमा मानेर कदम उठाइयोस् ।
 यी मुद्दाहरुमा संयुक्त राष्ट्र संघका बेग्ला बेग्लै सम्मेलनहरमा चर्चा गरिने छ । तिनमा नोभेम्बरमा दुबईमा जलवायु परिबर्तनका सम्वन्धमा २८औं संयुक्त राष्ट्र पार्टीहरुको सम्मेलन(सीओपी) र २०२४ मा टर्कीमा जैबिक बिबिधतामाथि १६औ सीओपी सम्मेलनको कुरा पनि सामेल छ ।
‘जलवायु तथा जैबिक बिबिधता एउटौ समस्याका हिस्सा हुन्’
सीओपीसँग सम्बन्धित अनुसन्धान समुदाय धेरैहदसम्म भिन्नै  छ । हुन त २०२० मा एउटा संयुक्त कार्यशालाले के निष्कर्श निकालेको थियो भने  जलवायु परिबर्तन र जैबिक बिबिधताका मुद्दाहरुको सही किसिमले सामना गर्नका लागि दुबैले मिलेर काम गर्नु आवश्यक छ । 
तिनले त्यतिबेला भनेका थिए कि ‘जलवायु र जैबिक बिबिधतालाई एउटै जटील समस्याको हिस्सा मानेर नै समाधान खोज्न सकिन्छ जुन धेरै हदसम्म घाटा मुक्त होस् र त्यसको लाभकार परिणाम पनि निस्कियोस्’ ।
‘प्रकृति बिना हामी केही पनि होइनौं’ 
यस्तो समयमा जब जलवायु परिबर्तनलाई जंगल फडाीन र  अन्य पर्यावरणीय क्षतिको सबैभन्दा ठूलो कारण बताइदै आएको छ, बैज्ञानिकहरुको के भनाइ छ भने प्राकृतिक बिश्वका एक अर्का बीचको सम्बन्धहरुलाई बुझ्नु महत्वपूर्ण छ ।
संयुक्त राष्ट्र संघकाा महासचिव एण्टोनिये गुत्तेरेशले गएको बर्ष भनेका थिए ‘प्रकृति बिना हामीसँग केही पनि छैन’ । रिपोर्टमा के भनिएको छ भने यी संकटले प्रत्यक्ष र अप्रत्यक्षरुपले मानब स्वास्थ्यलाई प्रभाबित तुल्याउँदछन्, भोजन र पानी जस्ता आधारभूत आवश्यकतहरुलाई प्रभाबित पार्दछन् अनि चरम मौसम र बिभिन्न बिमारीको खतरालाई बढाउँदछन् ।
बिशेषज्ञहरुका अनुसार गरीबीमा बृद्धिको सम्भावित सोझे प्रभावले ठूलो मात्रामा प्रबासन र संघर्ष हुनेछ । पर्याबरण तथा सामाजिक असमानता दुबैलाई हटाउन पर्ने आवश्यकतामाथि जोड दिदै बैज्ञानिहरुले भनेका छन् कि जलवायु परिबर्तन तथा जैबिक बिबिधताको संकटबाट सबैभन्दा बढी नोक्सान कमजोर मानब समुदायमाथि नै पर्ने बढी सम्भाबना छ । 
सीओपी(कन्फरेन्स अफ द पार्टी)को प्रतिबद्धत पूरा गरिएन 
डिसेम्बर २०२२ मा जैबिक बिबिधतामाथि सीपीओले २०३० सम्ममा बिश्वको ३० प्रतिशत भूमि, सामुद्रिक तट र महासागरहरुको रक्षा गर्ने प्रतिबद्धता जनाएको थियो । बिकसित देशहरुले यो भन्दा पहिलाको जलवायु सीओपी प्रतिबद्धतलाई नै दोहोराएका थिए र अन्य देशहरुलाई प्रति बर्ष ३० अर्ब डलर दिने बचन दिएका थिए ।
तर ती मध्ये कुनै पनि प्रतिबद्धता अहिलेसम्म पूरा भएका छैनन् । जसले गर्दा बिश्व ‘बर्बादीको संघार’मै पुगिसकेको छ । रिपोर्टमा यस कुरामा जोड दिएको छ कि जैबिक बिबिधताको बहाली गर्ने र जलवायु परिबर्तनलाई एउटा संकटकोरुपमा लिएर सही समाधान खोजेर अघि बढ्ने नै एउटा मात्र बाटो छ ।