आइतबार, आश्विन १८ गते २०८३

वैज्ञानिकहरुको माग  धरतीका लागि स्वास्थ्य संकटकाल घोषित होस्


कार्तिक ११, २०८० शनिबार
वैज्ञानिकहरुको माग  धरतीका लागि स्वास्थ्य संकटकाल घोषित होस्

बिश्वभरीका बैज्ञानिकहरुले गएको बुधवार अर्थात २०८० कार्तिक ८ गते सामुहीकरुपमा संयुक्त राष्ट्र संघ, बिश्वका नेताहरु र स्वास्थ्य अधिकारीहरुसँग जलवायु परिबर्तन र जैबिक बिबिधता नोक्सानीलााई गम्भीर ध्यान दिएर बिश्व स्वास्थ्य संकटकालकोरुपमा सम्बोधन गर्न आह्वान गरेका छन् ।
 दुइ सयभन्दा बढी स्वास्थ्य तथा पर्याबरण पत्रिकाहरुद्वारा प्रकाशित रिपोर्टमा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ) सँग आग्रह गरेका छन् कि बिपत्तिबाट बच्नकाा लागि जलवायु र प्राकृतिक बिपत्तिहरुलाई एउटै संकटकोरुपमा मानेर कदम उठाइयोस् ।
 यी मुद्दाहरुमा संयुक्त राष्ट्र संघका बेग्ला बेग्लै सम्मेलनहरमा चर्चा गरिने छ । तिनमा नोभेम्बरमा दुबईमा जलवायु परिबर्तनका सम्वन्धमा २८औं संयुक्त राष्ट्र पार्टीहरुको सम्मेलन(सीओपी) र २०२४ मा टर्कीमा जैबिक बिबिधतामाथि १६औ सीओपी सम्मेलनको कुरा पनि सामेल छ ।
‘जलवायु तथा जैबिक बिबिधता एउटौ समस्याका हिस्सा हुन्’
सीओपीसँग सम्बन्धित अनुसन्धान समुदाय धेरैहदसम्म भिन्नै  छ । हुन त २०२० मा एउटा संयुक्त कार्यशालाले के निष्कर्श निकालेको थियो भने  जलवायु परिबर्तन र जैबिक बिबिधताका मुद्दाहरुको सही किसिमले सामना गर्नका लागि दुबैले मिलेर काम गर्नु आवश्यक छ । 
तिनले त्यतिबेला भनेका थिए कि ‘जलवायु र जैबिक बिबिधतालाई एउटै जटील समस्याको हिस्सा मानेर नै समाधान खोज्न सकिन्छ जुन धेरै हदसम्म घाटा मुक्त होस् र त्यसको लाभकार परिणाम पनि निस्कियोस्’ ।
‘प्रकृति बिना हामी केही पनि होइनौं’ 
यस्तो समयमा जब जलवायु परिबर्तनलाई जंगल फडाीन र  अन्य पर्यावरणीय क्षतिको सबैभन्दा ठूलो कारण बताइदै आएको छ, बैज्ञानिकहरुको के भनाइ छ भने प्राकृतिक बिश्वका एक अर्का बीचको सम्बन्धहरुलाई बुझ्नु महत्वपूर्ण छ ।
संयुक्त राष्ट्र संघकाा महासचिव एण्टोनिये गुत्तेरेशले गएको बर्ष भनेका थिए ‘प्रकृति बिना हामीसँग केही पनि छैन’ । रिपोर्टमा के भनिएको छ भने यी संकटले प्रत्यक्ष र अप्रत्यक्षरुपले मानब स्वास्थ्यलाई प्रभाबित तुल्याउँदछन्, भोजन र पानी जस्ता आधारभूत आवश्यकतहरुलाई प्रभाबित पार्दछन् अनि चरम मौसम र बिभिन्न बिमारीको खतरालाई बढाउँदछन् ।
बिशेषज्ञहरुका अनुसार गरीबीमा बृद्धिको सम्भावित सोझे प्रभावले ठूलो मात्रामा प्रबासन र संघर्ष हुनेछ । पर्याबरण तथा सामाजिक असमानता दुबैलाई हटाउन पर्ने आवश्यकतामाथि जोड दिदै बैज्ञानिहरुले भनेका छन् कि जलवायु परिबर्तन तथा जैबिक बिबिधताको संकटबाट सबैभन्दा बढी नोक्सान कमजोर मानब समुदायमाथि नै पर्ने बढी सम्भाबना छ । 
सीओपी(कन्फरेन्स अफ द पार्टी)को प्रतिबद्धत पूरा गरिएन 
डिसेम्बर २०२२ मा जैबिक बिबिधतामाथि सीपीओले २०३० सम्ममा बिश्वको ३० प्रतिशत भूमि, सामुद्रिक तट र महासागरहरुको रक्षा गर्ने प्रतिबद्धता जनाएको थियो । बिकसित देशहरुले यो भन्दा पहिलाको जलवायु सीओपी प्रतिबद्धतलाई नै दोहोराएका थिए र अन्य देशहरुलाई प्रति बर्ष ३० अर्ब डलर दिने बचन दिएका थिए ।
तर ती मध्ये कुनै पनि प्रतिबद्धता अहिलेसम्म पूरा भएका छैनन् । जसले गर्दा बिश्व ‘बर्बादीको संघार’मै पुगिसकेको छ । रिपोर्टमा यस कुरामा जोड दिएको छ कि जैबिक बिबिधताको बहाली गर्ने र जलवायु परिबर्तनलाई एउटा संकटकोरुपमा लिएर सही समाधान खोजेर अघि बढ्ने नै एउटा मात्र बाटो छ ।