लामो समयदेखि बचत फिर्ता नपाएका पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका बचतकर्ताले रकम फिर्ता पाउने भएका छन् । बचत फिर्ताकोे लागि सदस्यहरुले सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन निदुपर्ने छ ।
समितिले सूचना जारी गर्दै पशुपति सहकारीमा फसेको बचत रकम ३५ दिनभित्र माग दाबी गर्न अनुरोध गरेको छ । उक्त संस्थामा राखेको बचतरनिक्षेप फिर्ता पाउनको लागि बचतकर्ताले अनलाईनमार्फत माग दाबी आवेदन दिनुपर्ने हुन्छ ।
समितिको वेबसाइट www.coopme.gov.np मा गई माग दाबी आवेदन दिनुपर्ने कार्यालयले जनाएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साउन १ गते पशुपतिलाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले समस्याग्रस्त घोषणा गरेसँगै समितिले उक्त संस्थाको सम्पुर्ण कागजात सहित कार्यालयलाई आफनो नियन्त्रणमा लिएर काम अगाडी बढाएको छ ।
नेपालपत्र संवाददाता